काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।
चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ । प्रेमि–प्रेमीकाको एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ । सार्वजनिक गीतको बारेमा बोल्दै मलिकाले गीत मनपरेकै कारण काम गरेको बताइन् । करणको काम प्रतीको लगनशिलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ ।’ त्यस्तै करणलेपनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुती बेस्ट दिने प्रयास गरेको बताए । मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी संग काम गर्दा धेरै कुराहरु सिक्न समेत पाए ।’
बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरु सार्वजनिक गरिरहेका छन् । केहि समय अगाडी राई इज किङ राजेशपायल राईसंगपनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसंग सहकार्य गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: