Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

खबरडबली संवाददाता

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साहित गरिएको थियो । मर्यादित व्यवसायको लागि प्रहरी प्रशासनले पनि अनुगमन बढाएकाले धरानमा यौन व्यवसाय नियन्त्रित थियो ।

पछिल्लो समय भने बढ्दो सहरीकरण, नयाँ व्यवसायीहरूमा नैतिक दबाबको कमी आएको देखिएको छ । मङ्गलवार साँझ इलाका प्रहरी कार्यालयको टोलीले धरान-८ स्थित सिटी होटेलमा छापा मारेर यौन व्यवसायको आरोपमा होटेल मालिक र अन्यलाई पक्राउ गरेपछि त्यस्तो देखिएको हो ।

प्रहरीले होटेल सञ्चालक पेमा ल्हामु शेर्पा र ३ जनालाई पक्राउ गरेको छ । उक्त घट्नापछि धरानका केही होटलहरुमा यौन व्यवसाय हुने गरेको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले धनकुटा घर भएकी एक युवतीलाई होटेल सञ्चालक शेर्पाले प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार यौन क्रियाकलापमा संलग्न युवती पीडित हुन भने प्रहरीले होटेल सञ्चालक शेर्पा र यौन क्रियाकलापमा संलग्न एक पुरुष विरुद्ध मानव बेचबिखन मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

डिएसपी जबेगु्ले भने ‘जबरजस्ती यौन व्यवसायमा लगाएमा त्यसलाई मानव बेचबिखन नै मानिन्छ ।’ त्यसै आधारमा पक्राउ परेका व्यवसायीलाई मानव बेचबिखनको मुद्दा चलाइने उनको भनाई छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ओसारपसार गरेको मानिने भनिएको छ ।

साथै उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ, जालसाजी गरी जबरजस्ती गरी, डर धम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को परिच्छेद (४) को दफा १५ को उपदफा १ (क) मा मानिस किन्ने वा बेच्नेलाई बिस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भनिएको छ ।

(ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

डिएसपी जबेगुका अनुसार धरानमा युवतीहरूलाई होटेलहरूमा यौन व्यवसायमा लगाइएको सूचना दिनदिनै जसो आउँछन् । व्यवसायीले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका, कम पढेलेखेका र आर्थिक अभावका कारण धरान पसेका युवतीहरूलाई प्रयोग गर्ने गरेका छन् ।

प्रमाणसहित फेला पारिएन भने पक्राउ परेका व्यवसायीहरू सहजै छुट्ने भएकाले केही समय कुरेर व्यवसायीलाई प्रमाण सहित पक्राउ गर्ने तयारी रहेको उनले बताए । विश्वस्त स्रोत र सुराकीबाट आएको सूचनालाई प्रहरीले तत्काल अपरेसन चलाउने र अन्य सूचनामा थप बुझेर फलोअप गर्ने डिएसपी जबेगुले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy