Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

खबरडबली संवाददाता

काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।

सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार असोज १२ गते  १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्य स्थलमा लैजान महासंघ लागिपरेको बताए। वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधन क्रमशः नयाँ बसपार्कबाट गन्तव्य स्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा बाढीपहिरो, राहत तथा पुनर्स्थापनाका एजेण्डामा छलफल हुने बताइएको छ । अमेरिकाको १० दिन...

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला स...

एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ । सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले का...

राहत तथा समन्वय र सहजीकरण गर्न गृहले बनायो आठ जिल्लामा कार्यदल

काठमाडौं । गृह मन्त्रालयले असोज १० देखि १२ को अति भारी वर्षका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन ग...

विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, विपद्पश्...

विपद्बाट काठमाडौं उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौं। केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ। विपद्बाट आज ...

अब म आएँ, सरकारको भूमिका अझ प्रभावकारी हुन्छ: प्रधानमन्त्री ओली

'विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ'

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध ...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट सम्बन्ध...

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy