Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सुरुभयो मुस्ताङमा स्याउ टिप्न

\"apple\"पोखरा । मुस्ताङका किसानले आफ्ना बगैँचामा उत्पादन गरेको स्याउ टिप्न सुरु गरेका छन् । किसानले हरितालिका तीज पर्वलाई मध्य नजर गरेर पाकेका स्याउ फाट्टफुट्ट टिप्न सुरु गरेका हुन् । यस वर्ष जिल्लामा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । यो वर्ष जिल्लामा करिब रु ४० करोडभन्दा बढी मूल्यको स्याउ उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिए । गत वर्ष जिल्लामा चार हजार मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो । जिल्लामा यस वर्ष गतवर्षको भन्दा पाँच हेक्टर क्षेत्रफलमा स्याउ उत्पादनमा विस्तार गरिएको अधिकारीले बताए । गत वर्ष जिल्लामा ३३० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएकामा यसवर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । अहिले मुस्ताङमा प्रतिकिलो ७० देखि ८० मा स्याउ बिक्री हुने गरेको छ । जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागबेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिन्छ । १६ वटा सहकारी संस्थाले स्याउखेतीको बजार प्रवद्र्धन गर्ने गरेका छन् । स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरीको स्थापना गरिएको छ । पोखरा–जोमसोम मोटरबाटो सञ्चालनमा रहेकाले व्यापारीलाई स्याउ ढुवानी गर्न सहज भएको छ । पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारी किसानको बगैँचामा गई बोटबाटै ठेक्कामा स्याउ खरिद गरिन्छ । असोजको अन्तिमसम्म सबै स्याउ बिक्री भइसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies