काठमाडाैं । सिनेमा 'पुर्ण बहादुरको सारंगी' को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो। अहिले टिमले चितवनतर्फ यात्रा थालेको छ।
विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, सिनेमा टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाज मा प्रमोशनल भिजिटका लागि गएको थियो।
यस प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो। गायक प्रशान्तले सिनेमाका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए।
कार्यक्रमको अन्त्यमा कलाकारहरू विजय, मुकुन, र अन्जनाले 'पुर्ण बहादुरको सारंगी' हेर्न विराटनगरका दर्शकलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए।
मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको छ। कार्यक्रम व्यवस्थापनमा आकाश रावलको 'हुस क्रीयशन' टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।
'पुर्ण बहादुरको सारंगी' सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। सिनेमा गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: