Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष

भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिषाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ । 

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए । “हामी लोकतन्त्रका लागि लडेका हौँ ।

हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ ।”

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति  पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending