काठमाडाैं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ । गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ।
काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाइ देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुल पाथी बेचनेको चरित्रमा देखिएकि काजल संग चेक सर्ट माथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ ।
राजीव अहिले नेपाली म्युजिक भिडियोको डिमाण्डमा रहेका कोरियोग्राफर हुन्, अहिले सार्वजनिक हुने अधिकांस म्युजिक भिडियोमा उनलेनै मोडेल, हिरो हिरोइनलाइ नचाउने गरेका छन् । समरले ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफि गरेका छन् भने, केहि म्युजिक भिडियोहरु निर्देशन गरेका छन । रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफि गरिसकेका छन । समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।
त्यस्तै काजल पनि मोफोसलमा रहेर दुइ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ ।
गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह-निर्माताको रुपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्युजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १४:५७
सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम विशेष गरी कक्ष...
मंसिर ६ गते, २०८१ - १४:५१
काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आय...
मंसिर ६ गते, २०८१ - १४:४८
काठमाडाैं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्...
मंसिर ६ गते, २०८१ - १३:५६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्...
मंसिर ६ गते, २०८१ - १३:४५
जुम्ला । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष रु तीन करोड बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले ...
मंसिर ६ गते, २०८१ - १३:४५
काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपा...
मंसिर ६ गते, २०८१ - १३:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो। उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो। विगत लामो समयदेखि गर्दै आएक...
मंसिर ६ गते, २०८१ - १३:२७
काठमाडौं । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम अस...
मंसिर ६ गते, २०८१ - १३:२३
काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुम...
मंसिर ६ गते, २०८१ - १३:२१
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र ह...
प्रतिकृया लेख्नुहोस्: