सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रुख कटानको काम सकिएसँगै सडक निर्माणको कामले तीव्रता पाएको हो ।
तोकिएकै मितिमा काम सक्ने गरी निर्माण कम्पनीलाई ताकिता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको भए पनि उक्त मितिमा काम सम्पन्न नभएपछि २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको छ ।
तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी कालोपत्रेको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर रेसम ओलीले बताउनुभयो । ३५ किलोमिटरमध्ये २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १५ किलोमिटर कालोपत्रेको तयारीमा रहेको इन्जिनियर ओलीले जानकारी दिए । धुलियाबिट–भेडाबारी सडकखण्ड अन्तर्गत १८ किलोमिटर वन क्षेत्र पर्दछ । एक हजार ११४ वटा रुख काटिएका छन् । काटिएका काठहरू राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
उक्त राजमार्गको निर्माणमा हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । १५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।
साथै उक्त सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने छन् । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई छुट्टा छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत सात वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।
सात वटा पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि केही काम बाँकी रहेकाले म्याद थप्ने तयारी भएको कार्यालयले जनाएको छ । सात वटामध्ये छ वटा पुल निर्माणको काम सकिएको छ । एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्को ठेक्कामार्फत पाँच वटा पुल निर्माणको काम भइरहेको छ ।
२०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । अहिले म्याद थप गरेर काम गरिने जनाइएको छ । पाँच वटा पुलमध्ये चार वटा पुल निर्माणको काम सकिएको छ भने एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच वटा पुल निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको हो । १२ मध्ये १० वटा पुल निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन अवस्थामा छन् । पुल निर्माणको म्याद थप गरेर काम अघि बढाउने तयारी भइरहेको इन्जिनियर ओलीले बताउनुभयो । यो सडकले वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेँसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १९:३९
काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...
आषाढ़ ४ गते, २०८३ - १९:३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...
आषाढ़ ४ गते, २०८३ - १९:३३
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...
आषाढ़ ४ गते, २०८३ - १९:३१
काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...



प्रतिकृया लेख्नुहोस्: