काठमाडौँ । साफ महिला च्याम्पियन्सिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ । गत साफमा काठमाडौँमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ ।
सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । सो खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बनेको थियो ।
त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो । सो खेलमा नेपाल ३(१ गोलले पराजित भयो । यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गर्दै अग्रता दिलाएपनि नेपालले अग्रता जोगाउन सकेन । त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते । भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो ।
त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरी एक पटक भारत र नेपाल आमने सामने भए । यस फाइनलमा भारतले नेपाललाई ६(० ले हरायो । भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन् । यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।
त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो । फाइनलमा भारत र बंगलादेश पुगेका थिए । फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर लगातार चौथो पटक उपाधि जितेको थियो ।
त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरी एक पटक भारतसँगै फाइनलमा पुग्यो । फाइनल खेलमा नेपाल भारतसँग ३(१ गोल अन्तरले पराजित भयो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । यससँगै भारत लगातार पाँचौं पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो ।
त्यसपछि २०२२ मा पनि नेपालमाइ आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए । पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरी उपविजेतामै चित्त बुझायो ।
अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ । आज हुने फाइनलमा नेपालका अगाडी २०२२ को फाइनल हारको बदला लिने अवसर त छदै छ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पिडा मेटाउने सुनौलो अवसर पनि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: