Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मादल बिक्री गरी मनग्य आम्दानी

खबरडबली संवाददाता

घोराही। चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको छन् । 

अन्य समयमा मादलको कारोवार खासै नहुने भए पनि दसैं र तिहार पर्वका अवसरमा भने बिक्री राम्रो हुने गरेको उनको भनाइ छ । दसैं र तिहार पर्वका अवसरमा मादल बिक्रीसँगै बिग्रिएका मादल बनाएर डेढ लाख बढी आम्दानी गरेको उहाँले बताए । दसैं–तिहारका अवधिमा २५ बढी नयाँ मादलहरु बिक्रीसँगै पुराना मादलहरु मर्मत गर्दा कमाइ भएको उनको बुझाइ छ ।

पछिल्लो समय नयाँ मादल खरिद गर्नभन्दा पुराना मादल खरिदका लागि आउने गरेको भन्दै उनले भने, ‘पुराना मादल मर्मत गर्दा कम समयमा राम्रो आम्दानी हुने गर्दछ ।’ दसैं–तिहारको अवसरमा मादलको कारोवार बढेसँगै बनाउन भ्याइनभ्याइ रहेको भन्दै बादीले भने, ‘दसैंमा थारु समुदायमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी नै हुने गरेको छ । जसले गर्दा हाम्रो आम्दानी समेत हुने गरेको छ ।’ 

नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि दैनिक १५–२० जना मानिसहरु आउने गरे पनि एक्लै काम गर्न धौधौ परेको बताए। 

चाडपर्वको समय भएकाले मादल बनाउन आउने मानिसको संख्या धेरै भएको भन्दै उनले भने, ‘यो समय मादल बनाउन भ्याइनभ्याइ रहेको छ । अहिले जति धेरै काम गर्न सक्यो, त्यति धेरै आम्दानी हुने भएकाले दिनरात नभनी नयाँ मादल बनाउन र मर्मतमा लाग्ने गरेकोे छु ।’ अन्य महिनामा खासै काम नहुने भए पनि असोज र कात्तिकमा मादलको कारोवार बढी हुने गरेको बताए। 

मादल बनाउन जानेको मानिस पछिल्लो समय पाउन गाह्रो भएको भन्दै उनले भने, ‘मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु । तर अहिलेको नयाँ पुस्ता मादल बनाउने सीप छैन । न आकर्षण छ  ।’ 

विगत ५० वर्षदेखि निरन्तर घोराहीमा मादल बनाउँदै र बिक्री गर्दै आएका बादीको घरपरिवारको मुख्य स्रोत नै यही भएको बताए। मादल बनाएर घर व्यवहार चलाउँदै आएको भन्दै बादीले भने, ‘सानैमा बुबाबाजेदेखि नै मादल बनाउने काममा लागे, गरी खाने हातमा अरु सिप छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन ।’ 

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक सामग्री जस्तै काठ, छाला र खरी पाउनै सममस्या भएको बताए। पहिला मादल बनाउन जंगलबाट काठ लिन पाइने गरे पनि  पछिल्लो समय त्यसरी ल्याउन रोकिदा बजारमा रहेका काष्ठ उद्योगबाट मादल बनाउने काठ ल्याउने गरेको बताए । 

यसरी बनाइएका मादल साइजअनुसार ३५ सयदेखि ३० हजारसम्ममा बिक्री हुने गर्दछ । मादल बनाउन मेहनती काम भएको भन्दै उनले सबै सामग्री तयार भएमा कम्तीमा पनि एक व्यक्तिलाई दुई दिन लाग्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टोखा नगरपालिकामा १० रोपनी अतिक्रमित सार्वजनिक जग्गा खाली, अवैध संरचना हटाइयो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...

मौसमविद् पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने साँचिकै हिरो हुनुहुन्छ: मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...

अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन

राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...

साउन यता १७ गैंडा मरे

चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: