Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु

खबरडबली संवाददाता

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु
बारा। तीन महिनामा चार करोड ३९ लाखबढी जरिवाना असुल भएको तथा ९५ को मृत्यु भएको छ । मधेस प्रदेशमा ट्राफिक नियम उलंघन गरेको वापत कारवाही स्वरुप चालु–आर्थिक वर्षको तीन महिनामा चार करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ जरिवाना असुल भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो । 

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र पथलैयाबाट चालु–आर्थिकबर्ष ०८१(८२ को साउनदेखि असोज मसान्तसम्म पाँच हजार ७१ बिभिन्न सवारीलाई कारवाही गर्दा ४ करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ राजस्व संङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले बताए।

गतवर्ष ०८०(८१ मा २५ लाख ९ हजार २०३ विभिन्न सवारीले ट्राफिक नियम उलंघन गरेकोहरुलाई कारवाही गर्दा २३ करोड ३० लाख ७९ हजार ७५६ रुपियाँ राजस्व असुली भएको थियो, उनले जानकारी दिए। 

यसैगरी चालु–आर्थिकबर्ष ०८१(८२ को साउनदेखि असोज मसान्तसम्म आठ वटै जिल्लामा भएका एक हजार ४२७ वटा बिभिन्न दुर्घटनाबाट ९५ जनाले ज्यान गुमाएका छन् । सो दुर्घटनामा परि ७२ पुरुष, १३ महिला र ५(५ जना बालबालिका गरी ९५ जनाको मृत्यु भएको तथा २ हजार ५२३ जना घाईते भएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

गतवर्ष ०८०(८१ मा छ हजार ५८ वटा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, १८ बालक र १७ जना बालिका गरी ५३० जनाको मृत्यु भएको तथा ९ हजार ७४५ जना घाईते भएको लामिछानेले भने। 

तीन महिनाको अवधीमा बारा जिल्लामा २४८ वटा दुर्घटना हुँदा २१ जना मृत्यु हुनुको साथै ४३४ जना घाईते भएका छन्, भने रौतहटमा १५३ वटा दुर्घटना हुँदा ९ जनाको मृत्यु तथा २५४ जना घाईते भएका छन् । यसैगरी धनुषमा २६० दुर्घटना हुँदा ९ जनाको मृत्यु र ४६७ जना घाईते भएका छन् ।

दुर्घटना न्यूनिकरण अभियान सफल 

भत्केको सडक, दिनानुदिन बढ्दो सवारीको चापबाट हुदै आएको दुर्घटनालाई न्यूनिकरण गर्न चालिको अभियान सफल भएको छ । 

आर्थिक वर्ष ०८०(८१ मा ५३० जनाको मृत्यु भएको छ भने, ०७९/८० मा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, २८ बालक र २३ जना बालिका गरी ५४६ जनाको मृत्यु भएको थियो । आर्थिकवर्ष ०७९(८० को भन्दा गतवर्ष मृत्यु हुनेमा सँख्या १६ जना कम भएको छ, यो अभियानको सफलता नै रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले भने ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मधेस प्रदेशको आठ वटै जिल्लामा अभियान चलाएको छ । क्षमताभन्दा अधिक भार बोक्न, सडकमा जथाभावी पार्किङ् गर्ने, हेल्मेट प्रयोग नगर्ने, बढी स्पिड् सवारी कुदाउने, ओभर टेकगर्ने लगायतका कार्यको ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending