काठमाडौँ । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् ।
फाउण्डेसनले देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै गर्न लागेको महायज्ञ र वेद एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन यही कात्तिक २५ गतेसम्म चल्ने छ । महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।
महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट गरिँदैछ । नेपालमा यसरी पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउँछन् ।
“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । फाउण्डेसनले २०७० सालदेखि देशभरका करिब एक सय वैदिक गुरुकुलमा भावातीत ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आएको छ ।
यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बाँस्कोटाले बताइन् । महायज्ञ परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य भएको उनले बताइन् ।
यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान शोभायात्रा गरिनेछ । वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइ रहेको छ ।
आधुनिक विज्ञान सम्मेलन हुने
महायज्ञकै दौरानमा यही कात्तिक २२ देखि २४ गतेसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा विभिन्न देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसैगरी, यही कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिँदै छ । अग्र्यानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष रहनेछन् ।
मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाबाट मद्दत पुग्ने बताइन् । उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताइन् । मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: