Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

खबरडबली संवाददाता

काठमाडौँ। थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । 

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ । 

यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तातर हुदैँ गएको छ । विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ । सरकारको योजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ ।

“उडानहरु क्रमशः थपिँदै गएका छन् । गन्तव्यहरु बढिरेहका छन् । आगामी दिनमा यात्रुको माग र चाप अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ”, प्रवक्ता पाण्डेले भने। 

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको थियो । उक्त विमानस्थलमा  नेपाल एयरलाइन्सको वाइड वडी ए३३० विमानले परीक्षण उडान गरेको थियो । अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो ।

उडान अनुमति नलिई यही कात्तिक ११ गते काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । भैरहवाबाट पनि उडान गर्ने शर्तमा प्राधिकरणले एयर एसियाको उडान फुकुवा गरेको थियो । उडान फुकुवाभएसँगै कम्पनीले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँ र भैरहवामा एकसाथ उडान सञ्चालन गरेको हो । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो । 

थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ । 

थाई एयर एसियालाई काठमाडौँ र भैरहवा दुबै गन्तव्यबाट उडान भर्ने शर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो । कम्पनीले अब काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान भर्नेछ । भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ । ‘एप्रुभल सेडुल’ अनुसार कम्पनीले काठमाडौँ र भैरहवाकोसँगै उडान गर्नुपर्नेछ । 

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ ९२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५० सम्मको उडान तालिका बनाएको छ । नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending