Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

टहराको बसाइ, पुनर्निर्माणको पर्खाइमा जाजरकोट

खबरडबली संवाददाता

रुकुमपश्चिम। जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते शनिबार एक वर्ष पूरा भएको छ । २०८० कात्तिक १७ गते रातको ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठुलो जनधनको क्षति गरेको थियो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको ज्यान गयो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका छन् । भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा दैनिकी गुजारिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामै रहेका छन् । 

विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि प्रभावित बासिन्दा अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् । भूकम्पका बेला पुनर्निर्माणमा ढिलाइ नगर्ने र पीडितकै साथमा रहेको बताएको सङ्घीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पूरा गर्न नसकेको गुनासो रहेको छ । भूकम्पबाट श्रीमान् र एक छोरा गुमाएकी सानीभेरी गाउँपालिका–४ की माया घर्तीले अझै पनि सुरक्षित आवास पाउन नसकेको बताए । उनले भने, “श्रीमान् र छोरा गुमाएँ, व्यापार गर्दै आएको घर ध्वस्त भयो । त्यस्तो बेला त्रिपालमुनि बसेर बाँच्यौँ, गर्मीमा टिनको टहरामा उकुमुकुस भयो, अब फेरि चिसो हुने होला ।” अब हिउँदयाम सुरु हुने भएकाले बच्चा र आफ्नो स्वास्थ्य जोगाउन चिन्ता बढेको घर्तीले बताए ।  

आठबिसकोट नगरपालिका–१४ की कल्पना विकले पुस, माघको जाडोमा त्रिपालमुनि र गर्मीयाममा जस्तापाताको टहरामुनि कष्टकर दैनिकी बिताउनु परेको बताए। भूकम्पले घरबारविहीन बनाएको सुरुको केही महिना कठ्याङ्ग्रिँदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य भएको बताउँदै उहाँले अझै पनि सुरक्षित आवास पाउन नसकेको गुनासो गरे। भूकम्पपीडित पुनर्निर्माणको पखाईमा वर्ष दिन बितेको बताउँछन् । उतिबेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भए तापनि समयमै पुनर्निर्माणको काम हुन नसकेको पीडितको भनाइ छ । 

टहराकै भुक्तानी बाँकी

सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० तयार गरेर टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपियाँ अनुदान व्यवस्था गरेको थियो तर हालसम्म उक्त रकम पीडितले पाउन सकेका छैनन् । केहीले पहिरो किस्ताबापतकै रकम पाएका छैनन् भने अधिकांशले दोस्रो किस्ता पाउन सकेका छैनन् । 

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको तथ्याङ्क अनुसार जिल्लाभर ३४ हजार ९८९ लाभग्राही कायम भएका छन् भने ३२ हजार ९९६ घरधुरी लाभग्राहीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता पाएका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् भने १६ हजारका लागि दोस्रो किस्ताको रकम निकासा भइसकेको छ । रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले सरकारले आवश्यक नियम तथा बजेट व्यवस्थापन गरेर पुनर्निर्माणको कार्य सुरु गर्ने बताएको तर कार्यान्वयनमा ढिलाइ भइरहेको उल्लेख गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending