काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्।
गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ।
'नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,' उनले भने। अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत/संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।
गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियोमा काठमाडौं उपत्यकाका रमणीय र पर्यटकीय स्थल कैद गरिएका छन्। ढकाल र भट्ट पछिल्लो पुस्ताका चलेका मोडल हुन्।
गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।
प्रितम श्रेष्ठको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गीतलाई युट्युव र टिकटकमा निकै रुचाइएको छ। श्रेष्ठले यसअघि पनि थुप्रै कर्णप्रिय गीत प्रस्तुत गरिसकेका छन्। यस पटक उनले नेपाली लोकसंगीतमा सशक्त गीत ल्याएको र उक्त गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको मोडल भट्टले बताए। देश बाहिर रहेर पनि नेपाली गीत/संगीतलाई श्रेष्ठले गरेको माया निकै सम्मान योग्य रहेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...
बैशाख १८ गते, २०८३ - १९:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...
बैशाख १८ गते, २०८३ - १९:३२
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...
बैशाख १८ गते, २०८३ - १९:२९
काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...


प्रतिकृया लेख्नुहोस्: