Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

खबरडबली संवाददाता

ढाका। अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार सो कुरा बताएको हो । 

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेको थिइन्। हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताएको छन् । उनीहरूले कानुन प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेण्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताएको छन् । 

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका  लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

काठमाडौँ । भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ । भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मि...

अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

काठमाडौँ । भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ ।  अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस ज...

एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट 'हेर्न नभ्याइने' मा

काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ...

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास। गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । क...

हेटौँडा बस दुर्घटनामा हुँदा १७ जना घाइते

हेटौँडा। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भए...

एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

काठमाडौँ । नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले ...

रसुवाबाट २ किलो सुनसहित सोनाम लामा पक्राउ

काठमाडौं । रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । रसुवाको कालिका गाउँपालिका–१ ग्राङमा गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्ष...

एमाले जागरणसभाका लागि र्‍याली सुरू

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।  जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍या...

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका स...

नेपालको क्रेडिट रेटिङ सन्तोषजनक

काठमाडौँ । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy