Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एक हजार ९४ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण

खबरडबली संवाददाता

खजुरा। नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ।

कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जका नायव प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा गत आर्थिक वर्षमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुका एक हजार ९४ वटा नमुना परीक्षण गरिएको बताए।

“गत आर्थिक वर्षमा हाम्रो प्रयोगशालामा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण भयो, जसमध्ये सात वटा नमुनामा कैफियत पाइयो”, चौधरीले भने, “तीन वटा नमुना यल्लो लेवल र चार वटा नमुनामा रेड लेवल भएको पाइयो।”

त्यसैगरी आर्थिक वर्ष ०७९/०८० मा एक हजार ८५ वटा नमुना परीक्षण गरिएको उनले बताए। “आर्थिक वर्ष ०७९/०८० मा एक हजार ८५ वटा नमुना परीक्षण भएको थियो, जसमध्ये छ वटा नमुनामा यल्लो लेवल र १० वटा नमुनामा रेड लेवल पाइएको थियो।” चौधरीले भने, “आव ०७९/०८० मा भन्दा गत आवमा कैफियत देखिने क्रम घटेको छ।”

चालु आवमा ३५३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना जाँच भएपनि हालसम्म एउटा नमुनामा पनि कैफियत नपाइएको उनले बताए। परीक्षणमा रेड लेवल पाइएको वस्तुको उपभोग गर्न नमिल्ने र यल्लो लेवल पाइएको वस्तुलाई पुनःपरीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले बताए।

तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रीन लेवल भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेवल भनिने र त्यसलाई चार पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशत भन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न नमिल्ने चौधरीले बताए।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगन्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ। एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उनको भनाइ छ।

चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ। कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जबाट २०७९ मंसिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण सुरु गरिएको हो। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending