खजुरा। नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ।
कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जका नायव प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा गत आर्थिक वर्षमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुका एक हजार ९४ वटा नमुना परीक्षण गरिएको बताए।
“गत आर्थिक वर्षमा हाम्रो प्रयोगशालामा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण भयो, जसमध्ये सात वटा नमुनामा कैफियत पाइयो”, चौधरीले भने, “तीन वटा नमुना यल्लो लेवल र चार वटा नमुनामा रेड लेवल भएको पाइयो।”
त्यसैगरी आर्थिक वर्ष ०७९/०८० मा एक हजार ८५ वटा नमुना परीक्षण गरिएको उनले बताए। “आर्थिक वर्ष ०७९/०८० मा एक हजार ८५ वटा नमुना परीक्षण भएको थियो, जसमध्ये छ वटा नमुनामा यल्लो लेवल र १० वटा नमुनामा रेड लेवल पाइएको थियो।” चौधरीले भने, “आव ०७९/०८० मा भन्दा गत आवमा कैफियत देखिने क्रम घटेको छ।”
चालु आवमा ३५३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना जाँच भएपनि हालसम्म एउटा नमुनामा पनि कैफियत नपाइएको उनले बताए। परीक्षणमा रेड लेवल पाइएको वस्तुको उपभोग गर्न नमिल्ने र यल्लो लेवल पाइएको वस्तुलाई पुनःपरीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले बताए।
तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रीन लेवल भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेवल भनिने र त्यसलाई चार पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशत भन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न नमिल्ने चौधरीले बताए।
प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगन्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ। एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उनको भनाइ छ।
चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ। कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जबाट २०७९ मंसिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण सुरु गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: