Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया निर्णय

खबरडबली संवाददाता

काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यसको योजना बनाइरहेको हो ।

यस सम्बन्धी प्रस्तावित कानुन आगामी हप्ता संसदमा पेश गरिने प्रधानमन्त्री एन्टोनी अल्बानिजले बताएका छन् । सामाजिक सञ्जालहरूले अस्ट्रेलियाका बालबालिकामा पार्ने नकारात्मक प्रभाव र हानी कम गर्न यो विधेयक ल्याउन लागिएको उनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ । 

यो कानुन आमा र बुबाहरूका लागि भएको पनि उनले बताए । ‘म जस्तै गरी उनीहरू पनि अनलाइनमा आफ्नो छोराछोरीको सुरक्षाबारे निकै चिन्तित छन् । म चाहन्छु कि सरकार ढाडस बनेर उभिएको छ भन्ने अस्ट्रेलियाली परिवारले थाहा पाउन्,’ उनले भनेका छन् । कानुनका कयौँ विवरणहरूबारे छलफल हुन बाँकी नै छ । प्रतिबन्ध सामाजिक सञ्जालमा अहिले नै खाता बनाइसकेका केटाकेटीहरूमा लागू नहुने बताइएको छ ।

अभिभावकबाट स्वीकृति पाएर सामाजिक सञ्जाल खाता खोलेका केटाकेटीका लागि भने उमेरको सीमा हुने छैन । बालबालिकाहरूमा सामाजिक सञ्जालको पहुँचबारे आफूहरूले तर्कसङ्गत कदम चालिरहेका छौँ भन्ने जिम्मेवारी सामाजिक सञ्जालहरूको भएको सरकारको भनाइ छ । यस कानुनमा प्रयोगकर्ताहरूलाई दण्ड हुने छैन ।

तर कानुनको कार्यान्वयनको गर्ने जिम्मा अस्ट्रेलियाको अनलाइन नियामक ईसेफ्टी कमिस्नरको भएको अल्बानिजले बताएका छन् । विधेयक पारित भएको १२ महिनामा लागू हुनेछ । बेला बेलामा यसको समीक्षा पनि हुने बताइएको छ । 

सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा क्षति गर्छ भन्नेमा अधिकांश विज्ञहरू सहमत छन् । तर यसलाई पूरै निषेध नै गर्नु पर्छ भन्नेमा राय बाँडिएको पाइन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङः कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ

बागलुङ । बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टीले  सघाउने भएको छ। आज ढोरपाटन नगरपालिका–१ ...

एक लाख ८६ हजार अस्थायी मतदाता कायम

  काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मत...

भोट पनि छैन, प्राथमिकता पनि छैन : चुनावी रौनकबाट टाढा राउटे बस्ती

सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...

पर्वतमा नदीले बगाएर वृद्धाको मृत्यु

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...

चुनावी प्रचारमा संलग्न शिक्षक–कर्मचारीलाई कारबाही हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...

निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा

काठमाडौं ।  फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...

१८ गतेदेखि सीमानाकामा सवारी सञ्चालनमा निषेध

सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...

फागुन २१ पछि पनि गठबन्धन सरकार बन्ने प्रचण्डको दाबी

"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”

दैलेख चुनावी संग्राम : पुराना सहयात्री आमनेसामने, नयाँ शक्तिको चुनौती

दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...

“धनकुटाको मतपेटिका : विरासत, विकास कि विद्रोह ?”

काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE