Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मधेस समस्याको विषयलाई लिएर प्रधानमन्त्री कोइरालासंग एमाओवादी सभासद्हरुको भेट

\"PM-काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासंग एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तराई –मधेशका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधान सभाका सभासद्हरुले आईतबार बिहान प्रधानमन्त्री निवासमा भेट गरेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले तराई–मधेशमा हाल देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध भएको बताए । उनले संविधान निर्माण सहित राजनीतिक समस्याको समाधानको लागि मधेशवादी पार्टी र सहित थरुहट /थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको निमित्त आह्वान गरिएको  र वार्ताको निमित्त संविधान सभाको प्रकृया सुस्त गरिएको बताए । त्यस्तै तराईका जिल्लाहरुमा विगत केही समयदेखि सञ्चालन गरिएको आन्दोलनले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले  सर्वसाधरण नागरिकको दैनिक जीवनलाई कष्टकर बन्न नदिन पनि नेपाल सरकार कार्यरत रहेको बताए । संविधान निमार्णको अन्तिम चरणमा पुगेको संविधानको मस्यौदाले नेपाली जनताले झण्डै एक शताब्दी लामो समयदेखि लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको आन्दोलनले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने भएकोले यसलाई परिणाममा पु¥याउन सबैको सहयोग अपेक्षित रहेको उल्लेख गरे । उनले संविधान निर्माणमा सबै राजनीतिक पार्टीहरुले परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिएकोले नै संविधान निर्माणमा प्रगति हुन सकेको उल्लेख गरे । उनले अहिले छुटेका सानातिना कुरालाई संविधान संशोधनमा समेट समेट्न सकिने बताए । एमाओवादी सभासद्हरुले तराईका जनजीवन सामान्य बनाउन सरकारले अधिकतम लचक हुनु पर्ने  र सामान्य नागरिक भयभीत हुने अवस्था सिर्जना नहुने अवस्था कायम गर्नुपर्ने माग गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले तराईको जनजीवन सामान्य बनाउन सरकारले अधिकतम् प्राथमिकता दिएको बताएका थिए । उनले कमी कमजोरी भएको भए सच्याएर लगिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending