Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएपछि...

खबरडबली संवाददाता

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने हो । ट्रम्पले द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्ने कुनै पनि विदेश नीति विशेषज्ञलाई जिम्मेवारी नदिएको कुरा अहिले बाहिर आएको छ । बरु ट्रम्पले यसका लागि आफ्ना निकटतम समर्थक एलन मस्कलाई अगाडि सारेका छन् ।

यसअघि ट्रम्पले राष्ट्रपति बनेपछि युद्ध सुरु नगर्ने तर अन्त्य गर्ने बताएका थिए । यति मात्र होइन, उनले मस्कलाई आफ्नो प्रशासनमा ठूलो जिम्मेवारी दिने पनि बताए । अब केही अमेरिकी सञ्चारमाध्यमहरूले पनि स्रोतलाई उद्धृत गर्दै यसबारे दाबी गरेका छन् । ट्रम्पले भर्खरै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेको बताइएको छ । अचम्मको कुरा के छ भने यो कुराकानीमा ट्रम्प र जेलेन्स्की मात्र नभई मस्क पनि संलग्न थिए । विभिन्न मिडियाले जेलेन्स्कीले ट्रम्पलाई गरेको फोन मस्कले उठाएको भन्दै ट्रोल पनि गरिरहेका छन्  ।    

अमेरिकी मिडियाका अनुसार युक्रेनको मुद्दामा दुईवटा ठूला घटना भएका छन् । पहिलो, मस्कले भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेको र दोस्रो यो वार्तापछि जेलेन्स्कीले द्वन्द्वका विषयमा केही कुरा बुझाएर सहमति जनाएका छन् । यसले ट्रम्पको दोस्रो कार्यकालमा मस्कको महत्त्वलाई उजागर गर्छ ।

रिपोर्टमा ट्रम्प, मस्क र जेलेन्स्कीबीच करिब आधा घण्टा फोन वार्ता भएको बताइएको छ । जेलेन्स्कीबाट बधाई पाएपछि ट्रम्पले युक्रेनलाई समर्थन गरिरहने बताए । तर, उनले यसबारे धेरै खुलासा गरेनन् ।

युक्रेनका राष्ट्रपतिसँगको कुराकानीमा मस्कले स्टारलिंक स्याटेलाइटमार्फत युक्रेनलाई सहयोग गरिरहने आश्वासन दिएका छन् । २०२२ मा रूसी आक्रमण पछि, मस्कको स्टारलिंक प्रणालीले युक्रेनलाई रूस विरुद्धको युद्धमा धेरै मद्दत गरिरहेको छ । विशेष गरी युक्रेनी सेनाले रुसको गुप्तचर र गतिविधिहरू जम्मा गर्न धेरै मद्दत गरिरहेको छ । यसबाहेक ड्रोनको सम्पर्क, डाटा र भिडियो फुटेज सङ्कलनमा पनि युक्रेन अगाडि रहेको छ । स्टारलिंक प्रणालीका कारण युक्रेनको मोबाइल नेटवर्क ध्वस्त भए पनि सञ्चारको हिसाबले अहिलेसम्म बलियो देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending