Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

निर्वाचनमा पराजित भएपछि माओवादी उपमाहासचिव पोखरेल के गर्दैछन् ?

खबरडबली संवाददाता

महोत्तरी । सधैभरी सत्ता र शक्तिमा रहेका माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व सिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल २०७९ को निर्वाचनमा पराजय वेहोरेपछी के गर्दै छन् भन्ने आम चासो छ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित वनेपछि धेरैले फरक अडकलवाजी पनि गरेका थिए ।

अनअपेक्षित र अस्वभाविक पराजय व्यहोरेका पोखरेल गृह जिल्ला नफर्किने र जनतासँगको  सम्बन्ध  यथास्थितिमा नरहने भन्ने अडकलवाजीका विच निर्वाचन समापनसँगै मतदाताहरुलाई धन्यवाद दिन ‘मुस्कान सहितको धन्यवाद’ भन्ने नारासहित घरदैलोमा पुगे ।

निर्वाचित संसदको भूमिकामा नरहेतापनि निरन्तर त्यसयता विकासको लागि पहलकदमी र जनतासँगको सम्बन्धलाई यथावत राखिराखेका उपमाहासचिव पोखरेललाई लिएर अहिले  आम मानिसको सहानुभूति र आकर्षण ह्वात्तै बढेको देखिएको छ ।

‘उन्ले महोत्तरी क्षेत्र नं। १ लाई शैक्षिक गन्तब्य वनाउन खेलेको उपलब्धि, दिर्घकालिन विकासका योजनाका आधारहरु, सुशासन र समृद्धका गुरुयोजनाहरु धरासायी वन्दै गएपछि पोखरेलप्रतिको भरोसाको हामीलाई महसुस भईरहेको छ ।’ गौशालाका स्थानीय विनय महतोले भने । ‘अहिलेका माननीय र पहिलेमा त आकाशपाताल नै फरक छ नी !’

संघिय संसद कोइरीको नेतृत्व र पहलकदमी निक्कै कमजोर वनिरहेको वेला पोखरेलको घरदैलो र केन्द्रमा  क्षेत्र न।१ को लागि गरेको  कामले कतिपयले आसन्न निर्वाचनको तयारी र अभ्यास भएको प्रतिक्रिया दिएका छन् । तर नेता पोखरेल यसलाई अस्विकार गर्दै भन्छन – ‘कसैले पनि त्यसरी बुझ्न हुँदैन । म संसद हुँदा होस या नहुँदा मैले गर्ने जिम्मेवारी सम्मान हुनुपर्छ । नेताहरु निर्वाचनमुखी मात्र हुनुपर्छ वा हुन्छन  भन्ने गलत वुझाई रहनुहुँदैन ।’

यो चाडपर्वको अवसरमा पनि पोखरेलले अधिकांश समय गृह जिल्लामा नै विताए । बर्दिवास-३ स्थित आधारशिलामा स्थायी बसोबास गर्ने पोखरेल दशैँ, तिहार र छठको अवसरमा जनताको घरदैलोमा पुगे र सुभकामना साटासाट गरे ।

‘नेता पोखरेल घरमा आएर प्रसाद ग्रहण गरिदिनु भयो । निक्कै खुसी लाग्यो ।’ नेकपा एमालेका युवा नेता देवनारायण महतोले भने ।‘पहिले संसद र मन्त्री हुँदा नगएका ठाँउहरुमा पनि  पुग्नु भएछ । राजनीति सुजबुझ र विकासप्रति दृष्टिकोण भएको पोखरेल जत्तिको नेता अरु छदै छैनन ।’

माओवादी केन्द्रको आधार ईलाकाकोरुपमा चिनिने महोत्तरी क्षेत्र नं।१ मा पार्टीको  सांगठनिक मत मात्र हैन गठबन्धन कांग्रेस र लोसपाको मत समेत पोखरेललाई जाने सुनिश्यतका वावजुत पनि उन्ले व्यहोरेको पराजय निक्कै अस्वाभाविक वन्न पुग्यो ।

 ‘तर विजयी भएका प्रतिनिधिहरुको समेत सन्तोषजनक कामहरु नदेखिदा पोखरेलको पराजयलाई लिएर धेरै मान्छेहरुले आत्माआलोचना  गर्न थालेका छन् ।’ नेपाली कांग्रेसका नेता भोज प्रसाद फुयाल भन्छन ।’ मत जसले कोईरीलाई हालेका थिए उनीहरु प्रश्ताप गर्न थालिसके, चिया चौतारामा यस्तै विषयमा कुरा भएको सुनिन्छ ।’

स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री  वनेर सरकार र शक्तिमा रहेका पोखरेलले महोत्तरी क्षेत्र नं. १ बर्दिवास र गौशाला नगरपालिकालाई शैक्षिक शहरकोरुपमा रुपान्तरण गरेका छन् । परिणामस्वरुप अहिले बर्दिवासमा मात्र ७० जिल्लाका विद्यार्थीहरु आएर अध्यन गर्ने गनतब्य वनेको छ ।

‘बौद्विक र दुरदृष्टि नेताकारुपमा चिनिने पोखरेललाई आम मानिसहरुले चिन्न सक्नुपर्छ र यो क्षेत्रको समृद्वी सिर्जना गर्न अवसरकोरुपमा उनलाई लिन सक्नुपर्छ ।’ बर्दिवासका स्थानीय इश्वर वस्नेत भन्छन – ‘हामीले यो कार्यकाल संसदीय भूमिकावाट गुमाएतापानी अनवरत उन्ले गरेको काम देख्दा कोइरी संसद हो र ? जस्तो पो लाग्छ ।’

पोखरेल विपक्षी पार्टीका नेता कार्यकर्ताहरुको घर(घरमा पुगेको तस्विरहरु सार्वजनिक भईरहेको वेला माओवादी केन्द्रको खस्कदो सांगठनिक अवस्थामा सुधार आउने विस्वास समेत गरिएको छ  ।

माओवादी केन्द्रको क्षेत्र नं. १ वालियो आधार ईलाका मानिएतापनी आन्तरिक कलहले पछिल्लो समय कमजोर वन्दै गएको देखिएको छ । २०७४ मा गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र संघमा माओवादी केन्द्रले नै जितेको थियो तर अहिले स्थानीय तह, प्रदेश, संघ सवै नै गुमाएको छ । २०७९ को निर्वाचनमा जसपावाट मनोनयनको अघिल्लो रात लक्ष्मी महतो कोइरीलाई एमाले प्रवेश गराएर मनोनयन दर्ता गराएको थियो । कोइरीले २३ हजार ४ सय २ मत सहित १ हजार ३० मतको मतान्तरले पोखरेललाई पराजित गरेका थिए । पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: