काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ।
मणिपुर प्रहरीले यस घटनाको बारेमा लेखेको छ, 'सशस्त्र चरमपन्थीहरूले जिरिबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे । त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे । यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र आतङ्ककारीको शव निकालियो ।'
प्रहरीका अनुसार यो भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । हाल उनलाई उपचारको लागि असमको सिलचरको मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न अहिले जिल्लामा कर्फ्यू लगाइएको छ । मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । यस हिंसामा धेरैले ज्यान गुमाएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । यस हिंसालाई लिएर विपक्षी दलहरूले केन्द्र सरकारमाथि लगातार आक्रमण गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - ११:५८
इटहरी। धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । समाचारको बिषयलाइ लिएर पछिल...
मंसिर २४ गते, २०८१ - ११:४३
पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउ पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई काठमाडौँ ल्याएर काठमाडौँबाट फेरि सिमरा हुँदै पर्सा लैजा...
मंसिर २४ गते, २०८१ - ११:२८
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको ...
मंसिर २४ गते, २०८१ - १०:५९
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले...
मंसिर २३ गते, २०८१ - १७:२२
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएको छन्। भव्य ...
मंसिर २३ गते, २०८१ - १७:०४
दमाकस्क। सिरियाका पर्यटन मन्त्रीले कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरेकी छन् । बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि स्थित सहज बन्दै गएको भन्दै उनले क...
मंसिर २३ गते, २०८१ - १६:५०
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरको उदघाटन गरेका छन् । दमक नगरपालिका ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हु...
मंसिर २३ गते, २०८१ - १६:३५
काठमाडौँ। बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्त...
मंसिर २३ गते, २०८१ - १६:२४
दमास्कस। सिरियामा रहेको इरानी दूतावासमा आक्रमण भएको छ । दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अरबी समाचार स...
मंसिर २३ गते, २०८१ - १६:१८
बग्दाद । इराकले सिरियाली सैनिक र नागरिकहरूलाई समायोजन गर्न काम गरिरहेको छ । करिब २ हजार नियमित सैनिक हिजो इराकमा प्रवेश गरेका थिए र तीमध्ये केहीले अहि...
प्रतिकृया लेख्नुहोस्: