बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका छन् ।
अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका आफ्ना समकक्षी ईलहाम अलियेफसँग बाकुमा बिहीबार भएको भेटवार्तामा सो आग्रह गरेका हुन् ।
भेटवार्तामा राष्ट्रपति पौडेलले उनले भने- 'जलवायु परिवर्तन विश्वको साझा मुद्दा हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नु परिरहेको छ, नेपालले पर्वतीय मुलुकहरूले सामना गर्नु परेका मुद्दाहरूलाई कोपलगायत विभिन्न मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजबैजानी सरकारको ऐक्यबद्धताको लागि आग्रह गर्न चाहन्छु ।'
सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।
राष्ट्रपति पौडेलले अजरबैजानका उनका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको ठुलो असर व्यहोरिरहेका मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे ।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने बताएको पनि सल्लाहकार पोखरेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: