Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

‘सूचना अभियन्ता’ भूलको हत्यामा संलग्नमध्ये ८ जना पक्राउ, एक अझै फरार

खबरडबली संवाददाता

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलका ३० वर्षीय ‘सूचना अभियन्ता’ सुरेश भूलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।  कात्तिक २४ को साँझ सुरेशलाई छिमेकी जंगे भूललगायतको समूहले घरमै आएर कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका सुरेशलाई उनकी श्रीमती कल्पनाले उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएकी थिइन् । सोमबार बिहान उपचारकै क्रममा सुरेशको मृत्यु भएको थियो । छिमेकी विष्णा भूलको बाख्रा चोरीको आरोप लगाउँदै सुरेशमाथि कुटपिट भएको थियो ।

कात्तिक २० मा हराएको विष्णाको बाख्रा २३ गते दिउँसो सुरेश र कल्पना दम्पतीले सञ्चालन गरेको औषधि पसलको छेवैमा देखेपछि विष्णा पक्षका गाउँलेले सुरेशको परिवारले चोरेको आरोप लगाएका थिए ।

मृतक सुरेशकी पत्नी कल्पना भन्छिन्, ‘२३ गते बिहान शौचालय जाने बेला वडा कार्यालयको मूलढोकामा बाख्रा देखेपछि कसैको होला, बाँधेर राख्दिनुपर्‍यो भनेर उहाँ (सुरेश) ले ल्याउनुभएको थियो, हामीले त्यही कुरा दोहोर्‍यौं, तर कसैले सुनेन, एकोहोरो चोरीको आरोप लगाइरहे । नपत्याए वडा कार्यालयको सीसीटीभीमा हेर्न पनि आग्रह गरेका थियौं ।’

सुरेश र उनको परिवारले आफूले बाख्रा नचोरेको दाबी गरे पनि विष्णा पक्षले भने एकोहोरो चोरीको आरोप लगाउँदै निर्घात कुटेका थिए । विष्णा पक्षका सबै गाउँले एकढिक्का भएपछि सुरेश र उनको परिवारको केही चलेन । त्यस क्रममा दुवै पक्षबीच झमेला बढ्ने देखिएपछि आफूले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरिदिएको वडा ११ का अध्यक्ष साहेबवाल चौधरीले बताए ।
‘प्रहरीलाई खबर गर्नुअघि हामीले सीसीटीभी फुटेज पनि चेक गरेका थियौं । फुटेजमा सुरेशले भने अनुसारकै घटना थियो । वडा कार्यालयको ढोकामा बसेको बाख्रालाई सुरेशले समातेर लिएको देखिएको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘प्रहरीलाई पनि मैले फुटेज देखाएको थिएँ ।’

इलाका प्रहरीमा पनि ठूलो संख्यामा उपस्थित विष्णा पक्षका सबैले सुरेशलाई चोरीको आरोप लगाउँदै उनीहरूले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने सर्त राखे । तर सुरेशले ३० हजार दिने भनेपछि दुवै पक्षबीच समझदारी भएको थियो । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending