Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

जब सांसदले विधेयक च्यातेर संसद्‌मै 'हाका नाच्न' थाल्छन्....

खबरडबली संवाददाता

वेलिङटन । सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ुहाका नृत्यु प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ ।

हाकाको तालले संसद् गुञ्जायमान बन्छ । अहिले त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ, यो दृश्य हो न्यूजील्याण्डको संसद्को ।

बिहीबार जब सदनमा यहाँका आदिवासी माओरी समुदायको अधिकार खुम्च्याउने गरी १८४ वर्ष पुरानो सन्धि पुनस् व्याख्यासहितको विधेयक प्रस्तुत हुन्छ, माओरी समुदायका सांसदहरूले उक्त विधेयकको विरोधमा संसद्‌मै आफ्नो परम्परागत हाका नृत्य प्रस्तुत गरेर विरोध गरे । र, सदन अवरुद्ध पारे ।ु

अहिले संसद्को त्यही दृश्व सामाजिक सञ्जालबाट विश्वभर भाइरल बनिरहेको हो । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो ।

तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुनस् व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजील्याण्डमा त्यसको विरोध हुँदै आएको छ ।

यहाँ कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्‌मा यसअघि पनि विरोध हुँदै आएको थियो । 

तर बिहीबारको बैठकमा सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्‌मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठक अशान्त बनेको थियो ।

सभामुख ब्राउनलीको प्रश्न आउनेबित्तिकै माओरी पार्टीकी २२ वर्षीय युवा सांसद हाना रावहिती माइपी क्लार्कले प्रस्तावित विधेयक च्यातेर हाका नृत्य प्रस्तुत गर्न सुरू गरिन् । हाका आदिवासी माओरी समुदायको ऐतिहासिक सांस्कृतिक नृत्य हो ।

हानाले हाका नाच सुरू गर्नेबित्तिकै संसद्‌का अन्य सदस्यहरूले पनि नृत्य सुरू गर्छन् भने ग्यालरीबाट पनि  हाका नृत्य सुरू हुन्छ ।

जबकि अहिले न्यूजील्याण्डमा गएको १० दिनदेखि उक्त धेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् । 

राजनीतिक विश्लेषकहरूले भने हाल संसद्मा पुगेको विधेयक पारित भए न्यूजील्याण्डमा जातीय विभाजन सिर्जना हुने चेतावनी दिँदै आएका छन् । यद्यपि विधेयको पहिलो खण्ड भने बिहीबार नै सदनबाट पारित भइसकेको छ । 

माओरी सांसदहरूको विरोधका कारण बिहीबारको बैठक करिब आधा घण्टासम्म अवरुद्ध भएपनि ३० मिनेटको ब्रेकपछि भने सांसद मेपे क्लार्कलाई सदनबाट निलम्बन गरी गठबन्धन दलले विधेयक पारित गरेका थिए । 

तर विधेयक पारित भएर पूर्ण कार्यान्वयनमा आउने वा नआउनेबारे भने अन्योल छाएको छ । हालै प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि उक्त विधेयकलाई विभाजनकारी भएको टिप्पणी गरेका छन् ।

१२३ सदस्यीय संसद्‌मा माओरी पार्टीबाट ६ जनामात्रै सांसद रहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending