Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कावासोतीको हाटबजारको अवैध संरचना हटाउन प्रहरीको निर्देशन

खबरडबली संवाददाता

कावासोती। नवलपुरको कावासोती नगरपालिका २ स्थित हाटबजारअन्तर्गत सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन थालिएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा विगत लामो समयदेखि फलफूल र किराना व्यवसाय सञ्चालन गरिएको थियो । कावासोती फलफूल चोक नामले परिचित त्यस ठाउँमा अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भएपछि अस्थायी टहरा हटाउन लागिएको प्रहरीले जनाएको छ ।

अत्याधुनिक पेट्रोल पम्प निर्माण कार्य सुरु भएपश्चात् उक्त क्षेत्रमा सञ्चालन भएका फलफूल, किराना पसल हटाउन सम्बन्धित व्यापारीलाई केही महिना अघि नै प्रहरीले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

अत्याधुनिक पम्पमा इभी चार्जिङ स्टेसन, कफी सपसमेत रहने गरी निमार्ण कार्य भइरहेको उनले बताए। दश करोड ८० लाखको लागतमा प्रहरी कल्याण कोषले पेट्रोल पम्पको निर्माण कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय र फलफूल चोकको नजिकमा सुरु भएको निर्माणको काम आगामी १८ महिनामा सम्पन्न हुने बताइएको छ ।

यता विगत ३० वर्षदेखि फलफूल व्यवसाय गर्दै आउनुभएका सिता भुर्तेलले आफूहरूलाई अन्य ठाउँ उपलब्ध गराउनुपर्ने बताए । फलफूल व्यवसाय गरेर नै छोराछोरीको शिक्षादीक्षा दिइरहेको र आफ्नो जीविकोपार्जन गर्ने ठाउँ नहुँदा समस्या हुने उनको भनाइ छ ।

त्यस्तै, स्थानीय दिनेश गौडेलले अहिले अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने भनेर आफ्नो व्यवसाय हटाइएको भए पनि आधुनिक भवन बनाएर आफूहरूले त्यस ठाउँमा नै व्यापार गर्न पाउनुपर्ने व्यापारीको माग रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending