पाटन। सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण भएको बताएको छनु ।
झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौँ तथा नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको प्रथम ‘झापा–१ काठमाडौँ कप’ फुटसल प्रतियोगिताको शनिबार उद्घाटन समारोहमा उनले सांसद विश्वप्रकाश शर्माले गरेको यो कार्य अत्यन्तै महत्त्वपूर्ण र रचनात्मक काम भएको बताउँदै खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको बताए।
“पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमश: अगाडि बढ्दै आएको छ, केही समयदेखि क्रिकेटलगायत खेलमा नेपालले उल्लेख्य प्रगति गरेको छ, हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सकिन्छ, खेलकुदमा हाम्रो भविष्य राम्रो छ”, सभामुख घिमिरेले भने । उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रचनात्मक कार्यक्रममार्फत झापाका सबैलाई जोड्ने प्रयास र कौशलाको प्रशंसा गरे। उनले सांसद शर्माले देशभर नै रचनात्मक काम गरेर जनताको मन जित्न गरेको प्रयास महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।
प्रतियोगिताको उद्घाटन समारोहमा सभामुख घिमिरेले विभिन्न पेसा व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको समूहलाई खेल मैदानमा पुगेर फुटबल हस्तान्तरण गरी खेलको शुभारम्भ गरे।
प्रतियोगितामा झापाका राजनीतिक दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, कलाकार, महिला, कर्मचारीसहितका समूहगत खेलाडी सहभागी भएको नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए। मैत्रीपूर्ण खेलका लागि वटा समूह र प्रतियोगितात्मक खेलका लागि सात समूह सहभागी रहेको उनले जानकारी गराए।
प्रतियोगितात्मक खेलका लागि चन्द्रगढी, दुवागढी, ज्यामिरगढी, साविक मेचीनगर, धाइजन, बाहुनडाँगी र शान्तिनगर समूहबीच प्रतिस्पर्धा हुनेछ भने मैत्रीपूर्ण खेलका लागि राजनीतिक दल र कलाकार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा कर्मचारी र महिला टोलीबिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा विजेताले प्रथम पुरस्कार रु २१ हजारसहित ट्रफी र मेडल तथा दोस्रो पुरस्कार रु ११ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: