Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गोरखाको टाँडीखोला पुल निर्माणको काम ५० प्रतिशत सम्पन्न

खबरडबली संवाददाता

सुलीकोट। गोरखाको पालुङटार नगरपालिका–८ धुबाँकोटस्थित टाँडीखोलाको पुल ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ । पालुङटार नगरपालिका–८ को धुबाँकोट र पृथ्बी राजमार्ग जोड्ने मोटरबेल पुल डेढ बर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि ५ महिनामै ५० प्रतिशत कार्य प्रगति भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए। 

उहाँका अनुसार टाँडी खोलामा मोटरेबल पुलनिर्माणका लागि चक्र देबी(आमा जेभीसँग २०८१ साल वैशाख १६ गते सम्झौता भई २०८२ साल कात्तिक १० गते डेढ वर्षमा सकिने गरी काम अघि बढाईएता पनि निर्माण कम्पनीले दु्रत गतिमा काम गरेकाले झण्डै पाँच महिना नपुग्दै ५० प्रतिशत काम सम्पन्न भएको हो । उक्त पुल पालुङटार नगरपालिका–८ धुवाँकोटको टाँडी खोलामा बन्ने मोटरबेल पुलको लम्बाई १६।६ र चौडाई ८।४० मिटर रहेको छ ।  

निर्माण कम्पनीले मोटरेबल पुल निर्माणको लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले  पनि डेढ वर्षमा सक्नुपर्ने काम १० महिनामा सम्पन्न हुने भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले बताए। 

निर्माण कम्पनीले यहि गतिमा गयो भने २०८१ चैतभित्र पुल निर्माण सम्पन्न हुने विश्वास लिइएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड २५ लाख ३५ हजार ५ सय ८२ रुपियाँ भ्याट सहित लागतमा सम्झौता भएको हो । 

पालुङटार नगरपालिका ७ र ८ नम्बर वडा लिचिको पकेट क्षेत्र भएकाले पनि पृथ्बीराजमार्गबाट सबैभन्दा नजिक परेकाले पनि बाहै्र महिना धुबाँकोटका स्थानीय किसानहरुले उत्पादन गरको लिचि, उखु र अदुवा गोरखा सदरमुकाम, चितबन, तनुहँ, पोरखरा र काडमाडौंसम्म सजिलै लान सकिने भएका लिचि किसान ईश्वर श्रेष्ठको भनाइ छ । 

उक्त पुल निर्माण सम्पन्न भएपछि पालुङटारमा उत्पादन भएका कृषि उत्पादनहरु सहजै बिक्रि गरी ७ र ८ नम्बर वडाबासीलाई आर्थिकउपर्जनमा समेत टेवा पुग्ने पालुङटार नगरपालिका–८ का अध्यक्ष होप बहादुर नेपालीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending