सुलीकोट। गोरखाको पालुङटार नगरपालिका–८ धुबाँकोटस्थित टाँडीखोलाको पुल ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ । पालुङटार नगरपालिका–८ को धुबाँकोट र पृथ्बी राजमार्ग जोड्ने मोटरबेल पुल डेढ बर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि ५ महिनामै ५० प्रतिशत कार्य प्रगति भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए।
उहाँका अनुसार टाँडी खोलामा मोटरेबल पुलनिर्माणका लागि चक्र देबी(आमा जेभीसँग २०८१ साल वैशाख १६ गते सम्झौता भई २०८२ साल कात्तिक १० गते डेढ वर्षमा सकिने गरी काम अघि बढाईएता पनि निर्माण कम्पनीले दु्रत गतिमा काम गरेकाले झण्डै पाँच महिना नपुग्दै ५० प्रतिशत काम सम्पन्न भएको हो । उक्त पुल पालुङटार नगरपालिका–८ धुवाँकोटको टाँडी खोलामा बन्ने मोटरबेल पुलको लम्बाई १६।६ र चौडाई ८।४० मिटर रहेको छ ।
निर्माण कम्पनीले मोटरेबल पुल निर्माणको लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम १० महिनामा सम्पन्न हुने भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले बताए।
निर्माण कम्पनीले यहि गतिमा गयो भने २०८१ चैतभित्र पुल निर्माण सम्पन्न हुने विश्वास लिइएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच दुई करोड २५ लाख ३५ हजार ५ सय ८२ रुपियाँ भ्याट सहित लागतमा सम्झौता भएको हो ।
पालुङटार नगरपालिका ७ र ८ नम्बर वडा लिचिको पकेट क्षेत्र भएकाले पनि पृथ्बीराजमार्गबाट सबैभन्दा नजिक परेकाले पनि बाहै्र महिना धुबाँकोटका स्थानीय किसानहरुले उत्पादन गरको लिचि, उखु र अदुवा गोरखा सदरमुकाम, चितबन, तनुहँ, पोरखरा र काडमाडौंसम्म सजिलै लान सकिने भएका लिचि किसान ईश्वर श्रेष्ठको भनाइ छ ।
उक्त पुल निर्माण सम्पन्न भएपछि पालुङटारमा उत्पादन भएका कृषि उत्पादनहरु सहजै बिक्रि गरी ७ र ८ नम्बर वडाबासीलाई आर्थिकउपर्जनमा समेत टेवा पुग्ने पालुङटार नगरपालिका–८ का अध्यक्ष होप बहादुर नेपालीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: