अजरबैजान। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।
अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबिच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए।
भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबिच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठुलो महत्त्व रहेको बताएको थिए।
साथै उनले बङ्गलादेश र नेपाल बिचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउन, उनको महत्त्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे। यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ ।
मन्त्री शाहीले भने, “सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरू अति कम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्त्वपूर्ण हुनेछ ।”
सो अवसरमा बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री हसनले कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालसँग सुदृढ सम्बन्ध र सहकार्य रहँदै आएको बताउँदै आगामी दिनमा थप विस्तार हुने अपेक्षा गरेको थिए। सन् १९७१ मा बङ्गलादेशको स्थापनालगत्तै नेपाल र बङ्गलादेश बिचको द्विपक्षीय सम्बन्ध स्थापित भएको हो ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि जारी छ । आगामी मङ्सिर ७ गतेसम्म चल्ने सम्मेलनमा अनुकूलन, हानि–नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरूको विषय, जलवायु प्रतिकार्यको कार्यान्वयनको प्रभाव, पेरिस सम्झौताको दफा ६, पेरिस सम्झौताको वैश्विक मापन, महासन्धिको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, जस्ट ट्रान्जिसनसम्बन्धी वर्क प्रोग्राम, न्यूनीकरणसम्बन्धी वर्क प्रोग्राम, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: