Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

पत्रकार महासंघ अध्यक्ष पदका उम्मेदवार शर्मा र विष्टका आ–आफ्नै जित्ने आधार

खबरडबली संवाददाता

काठमाडौंं। मंसिर २८ मा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवारका रूपमा शर्मा मैदानमा छन् भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा रहेका छन् ।विशेषगरी शर्मा र विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दुवै उम्मेदवारले आफ्नो जीत निश्चित भएको दावी पेस गरेका छन् ।

अध्यक्षका उम्मेदवार विष्टले आफूले लामो समयसम्म महासंघमै बसेर काम गरेको अनुभवलाई सदुपयोग गर्न र दलीय सिन्डिकेट तोड्नुका साथै पत्रकारिता पेशालाई व्यवस्थित गर्नका लागि नीति र कानुनमा परिवर्तन ल्याउन उम्मेदवारी दिएको दाबी गरे ।

आफू उठ्नका लागि र स्टन्ट गर्नका लागि उम्मेदवार नबनेको बताउँदै विष्टले महासंघमा लामो समय भोलेन्टियर भएर काम गरेको मूल्यांकन यस पटक हुने उनको भनाइ छ । ‘म कसैको इसारामा अथवा कसैलाई सेवा गर्न जाँदे छैन । त्यसैले मेरो जीत सुनिश्चित छ । मैले अगाडि सारेको एजेन्डा र अहिलेसम्म पाएको प्रतिक्रिया अनुसार राम्रो मतका साथ चुनाव जित्दै छु,’ उनले भने ।

नेपालमा प्रेस कानुनहरू नबनिरहेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौति रहेको एवं परम्परागत र नयाँ डिजिटल मिडियाबिचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्दै पुर्नसंरचना आवश्यक भएकाले पनि महासंघको नेतृत्व सबल र अनुभवी चाहिने उनले बताए ।

‘विशेषगरी महासंघभित्रै शुद्धीकरण जरुरी छ । अन्य नीतिगत र कानुनी कुराहरूमा पुनसंरचना गर्नुपर्ने आवश्यकता छ । पत्रकारितामाथि धेरै प्रश्नहरू उठेका छन् । विहानदेखि रातिसम्म कर्म गर्ने तर त्यसको उचित पारिश्रमिक नपाउने एउटा बिडम्वनापूर्ण अवस्था पनि छ । यसका लागि अनुभवी र श्रमजीविका मुद्दा बुझ्नसक्ने नेतृत्व आवश्यक छ,’ उनले भने ।

विष्टले पत्रकार महासंघले सोचेअनुसार काम गर्न नसकिरहेको गुनासोहरू आइरहेकाले यसका लागि पहिले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राखे । उनले भने,‘राजनीतिक हस्तक्षेप प्रष्ट देखिएको छ । दलीय सिन्डिकेट तोड्नैपर्छ । अहिले पत्रकारितका क्षेत्रमा प्रशस्त प्रश्नहरू उठेका छन् । त्यसैले पत्रकारहरूलाई परेको समस्या र सुरक्षा समस्याहरू करिब छ महिनाभित्र परिवर्तन गराउने मेरो लक्ष्य छ ।’

त्यस्तै, अध्यक्षकी उम्मेदवार शर्माले महासंघको गरिमा र कुण्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिएकी छन्। शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरूका सबैखाले मुद्दाहरूको समाधानमा आफू सक्षम भएको दाबी गरिन् ।

उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुगाउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रूपमा भूमिका खेलेको पनि बताइन् । उनले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताइन् ।

उनले भनिन्, ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० वर्षदेखि लगातार आवद्ध छु । मिडियामा श्रम गरिरहेकी छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुगाउनको लागि धेरै योगदान छ । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनकी सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्दा आफू डटेर लागेकी हुँ ।’

साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसँग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर सच्चा श्रमजीवी पत्रकार भएको बताइन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending