भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले होराइजन जीवीएसलाई १ विकेट र युनिक होम्सले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई ५ विकेटले पराजित गर्दै जित हात पारेका हुन् ।
टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि चन्दनकुमार राजपुतले ४५ र विप्लब केसीले २५ रन बनाए । बलिङमा जेसिसका गौतम यादवले २ तथा अमित यादव, शिशिर घिमिरे र अफजल हुसेनले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसिसले १८ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय १७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमोग बश्यालले २४ र अफजल हुसेनले अविजित २१ रनको योगदान दिए । बलिङमा होराइजन जीबीएसका कुशल पौडेलले ३ तथा ग्रवित पन्थ र विप्लब केसीले समान २–२ विकेट लिए । खेलमा अफजल हुसेन प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कुँवरवर्तीले ४ विकेटको नोक्सानीमा १ सय १० रन बनायो । उसका लागि अपजस सेनले ४३, अन्जित क्षेत्रीले अविजित २५ र आरभ गिरीले १७ रन जोडे । बलिङमा युनिक होम्सका रुद्र यादव, अरुण सिंह र साहजद पठानले १–१ विकेट लिए ।
१ सय ११ रनको लक्ष्यसहित ब्याटिङ गरेको युनिक होम्सले १२ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जित हात पार्यो । उसका लागि साहजद पठानले अविजित २७, अरुण सिंहले नटआउट २२ र आदित्य रौनियारले २० रनको योगदान गरे । बलिङमा कुँवरवर्तीका आरभ गिरीले २ तथा दिप्सन पौडेलले १ विकेट लिए । खेलमा अरुण सिंह प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: