भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले होराइजन जीवीएसलाई १ विकेट र युनिक होम्सले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई ५ विकेटले पराजित गर्दै जित हात पारेका हुन् ।
टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि चन्दनकुमार राजपुतले ४५ र विप्लब केसीले २५ रन बनाए । बलिङमा जेसिसका गौतम यादवले २ तथा अमित यादव, शिशिर घिमिरे र अफजल हुसेनले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसिसले १८ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय १७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमोग बश्यालले २४ र अफजल हुसेनले अविजित २१ रनको योगदान दिए । बलिङमा होराइजन जीबीएसका कुशल पौडेलले ३ तथा ग्रवित पन्थ र विप्लब केसीले समान २–२ विकेट लिए । खेलमा अफजल हुसेन प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कुँवरवर्तीले ४ विकेटको नोक्सानीमा १ सय १० रन बनायो । उसका लागि अपजस सेनले ४३, अन्जित क्षेत्रीले अविजित २५ र आरभ गिरीले १७ रन जोडे । बलिङमा युनिक होम्सका रुद्र यादव, अरुण सिंह र साहजद पठानले १–१ विकेट लिए ।
१ सय ११ रनको लक्ष्यसहित ब्याटिङ गरेको युनिक होम्सले १२ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जित हात पार्यो । उसका लागि साहजद पठानले अविजित २७, अरुण सिंहले नटआउट २२ र आदित्य रौनियारले २० रनको योगदान गरे । बलिङमा कुँवरवर्तीका आरभ गिरीले २ तथा दिप्सन पौडेलले १ विकेट लिए । खेलमा अरुण सिंह प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: