Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

सहरी व्यवस्थापन र सेवा प्रवाहमा महानगरपालिकाे काम अनुकरणीय छन्ः उपराष्ट्रपति यादव

खबरडबली संवाददाता

काठमाडौं। नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताएका छन ।

आज टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उनले भने,  ‘जनस्स्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरउन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् ।’

‘गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु । स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु, उनले भने ।

त्यस क्रममा महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाको संस्थागत विकास र सु शासनमा योगदान पु¥याउने सबैको योगदान कदर योग्य भएको बताए ।  ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौँलाई काठमाडौँ महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।

‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु,’ प्रमुख शाहले भने,  ‘इच्छुक सबै सहभागी हुन सक्ने गरी आज बेलुका सांगीतिक कार्यक्रम आयोजना हुन लागेको छ । काठमाडौँ भ्यु टावर र टुँडिखेलमै पनि पार्किङ् सुविधा उपलब्ध गराइएको छ । कार्यक्रममा सहभागी भइदिनु हुन सबैमा अनुरोध गर्दछु ।’

‘काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको छ,’ कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन, ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ ।’ नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि मन्त्रालयको सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।  किसानलाई जमिनको विवरण र खेती उत्पा...

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...

संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना, आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश

जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending