Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

निस्वार्थ र नबिझाउने नेताको पर्याय बोगटी र उनको राजनीतिक जीवनी

\"post\"काठमाडौंएमाओवादी नेतां पोष्टबहादुर बोगटीको निधन भएको एक वर्ष पुगेको छ । इमान्दारिता र स्वच्छताको पर्यायकाका रुपमा राजनीतिमा स्थापित भएका उनै बोगटीको सम्झनामा एमाओवादीले आज देशका विभिन्न स्थानमा कार्यक्रम गरी उनलाई सम्झँदै छ ।   हृदयघात भएपछि चार दिन अस्पतालमा उपचार गर्नेक्रममा गत वर्ष भदौ ३० गतेको उनको निधन भएको थियो । उपचारकै क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको थियो । निस्वार्थी कसैलाई नबिझाउने नेता बोगटी राजनीतिक जीवन सधैं इमान्दारीपूर्वक गुजार्न सफल भएका थिए । उनै निस्वार्थी नेता बोगटीको जीवनी यस्तो छ : १.उहाँको जन्म जुलाई १८, १९५३ तुप्चे गाविस—२ नुवाकोट २०१० साल साउन ३ गते भएको थियो । २.उहाँको शिक्षा सामान्यमात्र तर स्वअध्ययनवाट प्रशस्तमात्रामा ज्ञान आर्जन गर्नुभएको थियो । ३. राजनैतिक जीवन यात्रा सन १९६८ वाट शुरु । ४.सक्रिय राजनीतिमा प्रवेश सन १९७७ मा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीवाट ५.जेल जीवनः दुई पटक जेल परेको पहिलो पटक १५ दिन र अर्को पटक सन १९८६ मा एक वर्षसम्म (२०४१ सालमा २०४२मा पनि) ६.संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट सन २००८ मा निर्वाचित (२०६४ सालको) संविधान सभाको निर्वाचनमा । ७.एनेकपा माओवादीको संसदीय दलको प्रमुख सचेतकमा निर्वाचित ८. सन २०१० देखि २०१२ सम्ममा संचार, उर्जा, पर्यटन र श्रममंत्रीको कार्यभार संभाल्नु भएको थियो । ९.सन २०१० मा पार्टीको सचिवमा चयन हुनुभयो । \"maoistcc067-9-2\"१०. सन २०१३ मा हेटौंडा माहधिवेशनवाट महासचिवमा चयन हुनुभयो । सन २०१४ मा भएको बिराटनगर राष्ट्रिय सम्मेलनवाट सवैभन्दा बढी मत ल्याई उपाध्यक्षमा निर्वाचित हुनुभयो । १२.कमरेड प्रचण्डद्धारा बोगटीको निधनवाट हामीले जनयुद्धको महान सिपाही गुमायौं, उहाँंको निधनले एकजना सर्वहारावर्गका योद्धाको निधनले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेको छ भनि विष्लेषण तथा शोक व्यक्त । १३.यथासमयमा संविधान निर्माण गर्नु नै बोगटीप्रति सच्चा श्रद्धान्जलि गर्नु हो भनि प्र.म. शुसिल कोइरालाले बोगटीको निधनमा शोक ब्यक्त । १४.उहांको श्रीमती राममाया र दुई छोरीहरु प्रतिभा बोगटी र प्रभा बोगटी छन् १५.छोरा रबि बोगटीको महान जनयुद्धमा २०५९ साल असार ७ गतेका दिन धादिङको सत्यदेवीमा प्रतिकृयावादी राज्यद्धारा नृशंस हत्या गरेको थियो ।   १६.बोगटीको माता र पिताको नाम ः लेखकुमारी बोगटी र भैरबबहादुर बोगटी हो । १७.स्व. बोगटीले पुख्र्यौली सम्पति चण्डेश्वरी मा.वि.लाई प्रदान गर्नु भएको थियो । १८.सन १९७५ मा किसान समूह गठन गरी गाउँलेहरुलाई रोजगारी प्रदान गर्नु भएको थियो । १९.स्व. निधन मिति २०७१ साल भदौ ३० गतेका नर्भिक हस्पिटलमा हृदय घातका कारण विहान ७.२५ वजे उपचारका क्रममा निधन भएको थियो । २०. बिसं २०२५ सालमा राजनीतिमा प्रवेश, २०३४ सालमा पुष्पलाल समूहमा संगठित र २०३५÷ २०३६ सालको आन्दोलनमा पुष्पलाल समूहले धोका दिएको भनि २०३७ सालमा संयुक्त चौथो महाधिवेशनमा आवद्ध र चौमको जिल्ला सदस्य । २१. २०४४ सालमा अखिल नेपाल किसान संघको अध्यक्षमा चयन र बारा, पर्सा, रौतहट लगायत जिल्लामा उहांको निर्देशनमा किसान आनदेलन । २२. वि.सं २०४० मा मशालको नुवाकोट जिल्ला सेक्रेटारी, २०४३ सालमा मंसिरमा बागमती अंचलको क्षेत्रीय ब्युरो सदस्य, २०४५ सालमा केन्द्रीय सदस्य, २०४८ सालको नेकपा एकता केन्द्रको एकता महाधिवेशनवाट केन्द्रीय समितिमा निर्वाचित २०५४ नेकपा माओवादीको सालमा पोलिटब्युरो सदसय तथा पश्चिम ब्युरोको इन्चार्ज हुंदै २०५८ सालमा पार्टी स्थायी समितिको सदस्य ।   २३. २०६७ सालमा माओवादी वहुपदमा गएपछि सचिवमा चयन, २०६९ मा हेटौंडामा भएको सातौं महधिवेशनवाट महसचिवमा चयन र २०७१ सालको बैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनवाट उपाध्यक्ष्यमा निर्वाचित । २४. २०४० सालमा १ महिना जेल दशैंको नवमीका दिन जेलपरि भाइटिकाको दिन रिहा र २०४२ सालको बमकाण्डमा १ वर्ष जेल जीवन, केन्द्रीय कारागार त्रिपुरेशवरमा १ वर्ष जेल पर्नु भएको ।
  • कमरेड बोगटीले मजदुर संगठनभित्र चर्केको चरम विवादलाई हल गर्नको लागि अन्टुफको संयोजकको भूमिकामा पनि केही समय जिम्मेवारी संम्हालेका थिए ।
  • आदरणीय नेता कमरेड बोगटीप्रति हार्दिक श्रद्धान्जलि !
जीवनी साभार मजदुर अनलाइनडटकमबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy