Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

रबि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी रहेको छ।

लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका थिए। आज बिहान अदालत पुगे पछि थुनछेक बहस सुरू भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार उनलाइ हिरासतमा राख्न आदेश दिएका थिए।

मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ बुधवार मात्रै अदालत जान दिइएको हो ।

थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लडने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

उनलाइ अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाइ ‘स्यालुट’ गर्ने गरिरहेका छन् ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।  त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर, आइतवार देखी अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा बिगत तीन दिन देखी हिरासतमा रहदैँ आएका छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्याले उनीबिरूद्दसहित मुद्दा दर्ता गरेको हो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथी लागेको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार

काठमाडौँ। पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्रा...

परराष्ट्रमन्त्री डा. देउवा र कतारका मन्त्रीको भेटवार्ता : विपिनको रिहाइमा सहयोगको आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचा...

पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले  वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् । उनल...

भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् ।  आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उ...

संसद्‍मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुन्छन्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्‍मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको ...

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन ग...

प्रकाश सांसद ज्वालालाई प्रधानमन्त्री ओलीको जवाफ– कार्यक्रम रद्द गर्नेले नै प्रगति खोज्ने अनौठो संस्कार छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वाल...

दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प

तम्घास। विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका...

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...

रास्वपा सांसद कंसाकारको प्रश्न: सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy