Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

युद्धविराम घोषणाको अनुमोदन गर्न इजरायली मन्त्रिपरिषद बैठक बस्दै

खबरडबली संवाददाता

तेल अभि। कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भएकाे छ ।

इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुने मध्यस्थकर्ता कतारले जनाइसकेकाे छ ।

र, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि  गाजा पट्टीमा हमासले बन्धक बनाएका मानिसहरूलाई फिर्ता गर्न युद्धविराम सम्झौता भएको छ । ‘हामी शुक्रबार ९१७ जनवरी २०२५० मा सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाउनेछौँ र त्यसपछि सरकारले सम्झौता अनुमोदन गर्नेछ,’ उनले भने ।

यो उल्लेखनीय छ कि इजरायल र हमास बीच चलिरहेको भीषण युद्ध रोक्न लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम सम्झौतामा बिहीबार (जनवरी १६) मा क्याबिनेट मतदान स्थगित गरेको थियो। यस सम्झौता अन्तर्गत गाजा पट्टीमा जारी युद्ध रोकिनेछ र दर्जनौं बन्धकहरूको रिहाई सुनिश्चित गरिनेछ । 

यस्ताे छ प्रकियाः

जसअनुसार इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो । 

समाचार अनुसार युद्बबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् । 

दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ। यस अवधिमा दुबै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् ।

तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँको भिमाद–मसारडाँडा सडक आठ दिन बन्द

तनहुँ। कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार स...

गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा, मुख्य दल नै जित हात पार्ने दाउमा

गुल्मी। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पक...

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...

प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...

हुम्लामा एक किशोरी मृत फेला

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...

बालेनको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...

दुर्घटनाग्रस्त बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE