Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका अतिजोखिममा

\"jajarkotजाजरकोट । जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका अति जोखिममा रहेको पाइएको छ । जिल्ला बालकल्याण समिति जाजरकोटले तयार पारेको एक प्रतिवेदनका अनुसार जिल्लाका  दुई हजार ३०९ बालबालिका अति जोखिममा रहेको पाइएका हुन् ।  विभिन्न अपराध, श्रम तथा  घटनामा परी उनीहरु जीवन निर्वाहको  उच्च जोखिममा परेको बताइएको छ । बालकल्याण समितिले तयार पारेको खोजमूलक प्रतिवेदनका अनुसार यस वर्षको भदौसम्म बुबा या आमा गुमाएका ४१४ जना, हराएका २० जना, बोर्डिङ स्कुलमा चरम शारीरिक यातना पाएका दुई, यौन दुव्र्यवहार  पाएका दुई, निकृष्ट बालश्रममा लागेका ८८४, बुबा आमाले छोडेका तीन, बाबु आमा दुवै नभएका ५१, बालविवाह गरेर समस्यामा परेका १६, आत्महत्या गरेका चार, मजदुरी गरेर जीवन चलाइरहेका ५०, छाउपडी प्रथाबाट पीडित ३१ जना, यार्सा गुम्बाको व्यापारमा प्रयोग भएका ८७५ बालबालिका जीवन निर्वाह एवम् सुरक्षाको जोखिममा रहेका छन् । विभिन्न कारणले जोखिममा  परेकामध्ये ५३ जना बालबालिका मुलुकका विभिन्न बालगृहमा रहेको बताइएको छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका बालकल्याण अधिकृत डम्बरबहादुर रोकायका अनुसार ५३ जनामध्ये ४४ जना बालबालिका अवैधरुपमा बालगृहमा रहेको र नौ जनामात्र जिल्ला बालकल्याण समितिको सिफारिसमा  रहेको बताए ।  रोकायका  अनुसार ज्योति घर नेपाल काठमाडौँमा ३९ जना, महिला तथा बालबालिका उत्थान केन्द्र गोंगबुमा तीन जना, मुनलाइट  ललितपुरमा  एक जना, ज्योतिघरको सुर्खेत छिन्चुको शाखामा एक जाजरकोटी बालबालिका अवैधरुपमा रहेका छन् । यीमध्ये अधिकांश बालिका छन् ।  सन् २०१२ को सिएनएन हिरो पुष्पा बस्नेतले सञ्चालन गरेको प्रारम्भिक बालबिकास केन्द्र काठमाडौँमा छ जना, एसओएस बालग्राम सुर्खेतमा एक जना  र ममता स्याहार केन्द्र काठमाडौँमा दुई जना  बालबालिका कानुनी प्रक्रिया पूरा गरेर राखिएका  छन् । गरिबी, परम्परा, आमाबाबुको  मृत्यु र अपराधका कारण बालबालिका उच्च जोखिममा परेको  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले अभिभावकको  कमजोर आर्थिक अवस्था, घरेलु हिंसा, र बाबुआमाको सम्बन्धबिच्छेदका कारणले बालबालिकाले जोखिमपूर्ण  र असुरक्षित जीवन जिउन बाध्य भएको बताए । गरिबीका कारण होटल, पसल, र उद्योग कारखानामा मजदुरी गर्ने बालबालिकालाई उद्धार गरेर खाने, बस्ने र पढ्ने  व्यवस्था गर्न नसकिएका कारण बालमजदुरी रोक्न समस्या परेको पनि उनले बताए । जिल्लामा कुल जनसङ्ख्या एक लाख ७१ हजारमध्ये ९० हजारभन्दा बढी बालबालिका रहेका छन् । तीमध्ये २० प्रतिशतभन्दा बढीले विद्यालयको मुहार देख्नै नपाएको नागरिक अगुवा राजेन्द्रविक्रम  शाहले बताए । उनले सरकारी दाबी फरक भएपनि जिल्लाको वस्तुगत अवस्था र विभिन्न उदाहरणले बालबालिकाले आधारभूत अधिकारको पनि महसुस गर्न नपाएको बताए  । विपद्मा परेका बालबालिकालाई राज्यका निकायले उचित संरक्षण गर्न नसकेका कारण धेरै बालबालिकाले निकै असुरक्षित जीवन बिताइरहेको शाहको भनाइ छ । बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय र संस्थाले विद्यालयमा पढ्नेका लागि मात्र ध्यान दिने गरेको  र विभिन्न कारणले आधारभूत सुरक्षासमेत पाउन नसकेका बालबालिकाका बारेमा कसैले सोच्न नसकेको जिल्ला बाल क्लब सञ्जाल जाजरकोटका सदस्य सुचित्र सागर श्रेष्ठले बताए । उनले जति सुविधा र हेरचाह सबै घरमा बाबुआमा हुनेका लागि मात्र आउँछ तर कोही नहुनेका लागि बस्ने, खाने र पढ्ने व्यवस्था केही नहुने गरेको गुनासो गरेका छन् । सरकारी नीतिअनुसार गाविस तथा जिविसमा बालबालिकाका लागि अनिवार्यरुपमा १५ प्रतिशत बजेट छुट्याउनुपर्ने भए पनि सो हुन नसकेको पत्रकार  बालकुमार शर्माले बताए । नाम मात्र बालबालिकाको हुन्छ तर रकम र योजना भने  दुरुपयोगको सम्भावना धेरै हुने गरेको छ, शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending