Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रधानमन्त्री कोइरालासँग ३३ दलिय मोर्चाको वार्ता

\"33काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासंग ३३ दलीय मोर्चाका संयोजक एवं राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले भेटवार्ता गरेको छ । वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका मागहरु संविधान सभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको थियो । वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान सभामा प्रतिनिधित्व नभएका दलहरुलाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अध्यधिक प्रयास गरेको उल्लेख गर्दै भने,‘ तपाईँहरुलाई सहभागी गराउने भनेर नै तपार्इँहरुको माग अनुरुप सर्वपक्षीय राजनीतिक भेलाको आयोजना गरिएको थियो, दुर्भाग्यवस् तपाईहरु आउन सक्नुभएन । सबै राजनीतिक दलहरुलाई  तपाईँहरुका निमित्त मैले अन्तिम समयसम्म रोकेरै राखेको थिए ।’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान अभ्यासको क्रममा परिष्कृत र संशोधन हुने भएकोले अहिले नसमेटिएका विषय संशोधनमा समेटिन सक्ने  संभावना औल्याउदै देशमा शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएकोले सोको लागि सबैले सहयोग गर्नु पर्ने बताए । उहाँले संविधान अनुरुप अब हुने स्थानीय, प्रादेशिक र राष्ट्रिय  निर्वाचनमा सहभागी भएर  जनताको सेवा र विकास निर्माणमा आफूलाई सरिक राख्ने अवसर सबैलाई प्राप्त भएको उल्लेख गर्दै ३३ दलीय मोर्चा र यसमा आबद्ध राजनीतिक दलहरुलाई त्यसलाई उपयोग गर्न आग्रह गरे । उनले वर्तमान सरकार र नेपाली कांग्रेस मुलुकमा शान्ति,स्थिरता र विकासको लागि सबै राजनीतिक दलहरुको सक्रिय सहभागिताको पक्षमा रहेकोले वार्ता र संवादको प्रकृयालाई निरन्तरता दिइरहने पनि स्पष्ट बताएका थिए  । वार्तामा बन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले संघीयता,गणतन्त्र,समावेशी लोकतन्त्रका पक्षमा रहेका हरेक नेपाली र राजनीतिक दलहरुको भावना यसमा प्रतिबिम्बित भएकोले यस संविधानको पक्षमा उभिदा नै नेपाली समाजमा लामोसमय देखि उत्पन्न घाउहरु पुर्न सजिलो हुने बताएका थिए । वार्तामा कानून न्याय संविधान सभा तथा संसदीय मामला र  शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले लोकतन्त्रको यात्रा निरन्तर चलिरहने भएकोले वर्तमान संविधान सभामा प्रतिनिधित्व र संविधान निर्माणमा प्रत्यक्ष सहभागिता हुन नसकेकोमा चिन्तित नहुन आग्रह गर्दै संविधान निर्माणको प्रक्रियामा जनताको राय सुझाव लिने क्रममा सबै दलका नेता कार्यकर्ताको सहभागिता रहेको बताए । उनले सबैको भावना समेटिएको यस संविधानले दिएका राजनीतिक अवसरमा सहभागी हुन पनि आग्रह गरे । उनले राजनीतिक दलको स्थान जनमतमा निर्भर रहने भएकोले जनताको सेवालाई सबैले ध्यान दिनुपर्ने पनि उल्लेख गरे । ३३ दलीय मोर्चाले शोभाराम थापाको संयोजकत्वमा शंकर थापा,डा.विरेन्द्र बहादुर कार्की, विक्रम कुँवर,डी.बी.थापा,हुकम बहादुर लामा,भोजराज गौतम,प्रकाश अधिकारी,शान्तुराम भट्टराई,रामनारायण यादव र गोपी सुनार सम्मिलित वार्ता  टोली गठन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending