काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताएको छन । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्छ । ती दलले शासन गर्नु नै प्राकृतिक हुन्छ उनले भने, “जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक हुन्छ । यो सरकार नै जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक छ ।”
कांग्रेस–एमाले सधैँभरिका लागि नमिलेको पनि उनले स्पष्ट पारे। जनताको बिचमा जाने बेलामा नेकपा ९एमाले० र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उनले प्रष्ट पारे। देश बनाउन धेरै राजनीतिक दल होइन, ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उनले बताए। ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले स्पष्ट पारे।
एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश बन्दैन, त्यो मुलुकको नीति बन्नुपर्छ उहाँले स्पष्ट पारे। त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरकार भएको पोखरेलले बताए। नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने उनले बताए।
नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको पोखरेलले स्पष्ट पारे। ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ’ उनले भने। देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको महासचिव पोखरेलले बताए। त्यो क्षमता एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनले स्पष्ट पारे। ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने अभियान चलाउन चाहन्छौँ’ उनले भने ।
आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओलीमाथि चौतर्फी हमला भइरहेको उनले बताए । त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन उनले आग्रह गरे। देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नु पर्नेमा पोखरेलले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - १७:२९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा द...
माघ २६ गते, २०८१ - १७:०३
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। ...
माघ २६ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन्। शनिबार काठमाडौंमा अर्...
माघ २६ गते, २०८१ - १६:३८
दार्चुला। दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दल...
माघ २६ गते, २०८१ - १६:२४
नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारती...
माघ २६ गते, २०८१ - १६:०८
कावासोती । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको ...
माघ २६ गते, २०८१ - १५:४६
पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्रयाक खोलिएको भए पनि...
माघ २६ गते, २०८१ - १५:१७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्...
माघ २६ गते, २०८१ - १४:५०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएको छन । आज यहाँ आयोजित एक कार्यक्रममा ...
माघ २६ गते, २०८१ - १४:३८
घोराही । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु ...
प्रतिकृया लेख्नुहोस्: