Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थाल्यो

खबरडबली संवाददाता

काठमाडौं। तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको छ।

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शीतलहर र हिमपातसम्बन्धी कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था छ। साथै तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ। कतिपय हिमाली भूभागमा हिमपात भइरहेको छ।

विभागले शुक्रबार जारी गरेको शीतलहरसम्बन्धी विशेष बुलेटिनमा तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेभएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यो क्रम अझै केही दिनसम्म रहने जनाइएको छ।

प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ जारी गरी कार्यान्वयन गरिरहेको छ। मौसमुविद्का अनुसार कात्तिकदेखि फागुन महिनासम्म नेपालका विभिन्न भागमा शीतलहर तथा हिमपातको प्रभाव रहन्छ।

यो समयमा तराई तथा भित्री मधेसका जिल्लाहरूमा जाडोको समयमा शीतलहरको जोखिम रहने र उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा तापक्रम निकै नै घट्न गई चिसो बढ्ने र हिमपात हुने गरेको प्राधिकरणका प्रवक्ता डा भट्टराईले बताए।

शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ मा शीतलहर, अत्यधिक चिसो र हिमपातबाट विपन्न वर्गहरू बढी प्रभावित हुने र यस अवधिमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको प्रकोप हुनसक्ने भएकाले वृद्धवृद्धा, बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगीलाई विशेष संरक्षणको आवश्यकता पर्ने शीतलहर तथा हिमपातको समयमा प्रभावित हुने क्षेत्र, जनसङ्ख्या, आवश्यक पर्ने राहत तथा उद्धारका सामग्रीहरू र गर्नुपर्ने आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजनाबद्ध कार्यढाँचा गर्नुपर्ने उल्लेख छ।

घट्न थाल्यो तापक्रम

पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो।

शुक्रबार काठमाडौंमा अधिकतम तापक्रम २१।५ डिग्री रहेकामा आज २०।५ डिग्री मापन गरिएको छ। न्यूनतम तापक्रम पनि आज ४।८ डिग्री मापन भएको छ। यही माघ ९ गते काठमाडौंको अधिकतम तापक्रम २४।६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६।२ डिग्री मापन गरिएको थियो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताउनुभयो। यद्यपि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उनको भनाइ छ।

मौसमविद् पुडासैनीले भने, ‘केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो। अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ।’ उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो बढाउने उहाँको भनाइ छ।

उनले अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने यथावत रहने बताए।

आज उपत्यकाबाहिरका जिल्लामा पनि तापक्रम घटेको छ। यही माघ ९ गते दीपायलमा अधिकतम तापक्रम २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन गरिएको थियो। महाशाखाका अनुसार आज राति दीपायलको अधिकतम तापक्रम २५.२ डिग्री र वीरेन्द्रनगरको अधिकतम तापक्रम २४.४ डिग्री छ। अन्य मापन केन्द्रहरुमा पनि यही माघ ९ गतेको तुलनामा तापक्रम घटेको छ। जुम्ला र जिरीमा भने न्यूनतम तापक्रम माइनसमा पुगेको जनाइको छ। रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल दुर्घटनामा परेकी महिलाको उपचारका क्रममा मृत्यु

जाजरकोट । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी भेरी नगरपालिका–२ रिसाङकी ४० वर्षीया टली विकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । नलगाड नगरपालिकाको...

धादिङमा बस दुर्घटना, १५ जना घाइते

काठमाडौं ।  काठमाडौंबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शनिबार साँझ ७ः३० बजेतिरको समयमा धादिङक...

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको वर्षमानकाे दाबी

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताएका छन् । गुल...

ओलीले वाम गठबन्धनका नाममा जनतालाई झुक्याउने खेल मात्रै खेलेः भिम रावल

काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावलले ०८४ को निर्वाचनअघि दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार मातृ...

सप्तरीमा स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं । प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ। शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका...

रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा

भैरहवा  । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३०...

पार्टी भित्रको गुट विरुद्ध नारायणकाजी भन्छन: 'गुट स्वीकार्य हुँदैन'

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर...

शंकर पोखरेलद्वारा वर्षमानलाई फोनः अध्यादेशमा सहयोग गर्न आग्रह

गुल्मी । एमालेले सरकारले ल्याएका अध्यादेश संसदीय संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले...

वरिष्ठ पत्रकार दाहाल सम्मानित

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन...

महायज्ञकाे तेस्राे दिनः २५ लाख ३० हजार रूपैयाँ दान संकलन

धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे  दान संकलन भएकाे छ । मानवसेवा आश्रमल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy