काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा जारी छ।
उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना मंगलबार रातिदेखि सुरू भएको हो। यसअघि बाल्मीकी क्यामपसमा नै मतगणना हुने भनिएपनि अन्तिममा पेरिसडाँडा लगिएको हो ।
रातीदेखि जारी मतगणनामा अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरुको मतगणना भइरहेको छ । सचिवको सकिएपछि उपमहासचिवको गणना हुने र त्यसपछि महासचिव, उपाध्यक्ष र अध्यक्षको मतगणना हुनेछ। गणना सकिन दिनभरि लाग्ने बताईएको छ ।
अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८१ र राईले ४६१ मत ल्याएका छन्। क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।
यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८१ - ०९:५६
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेज...
फाल्गुन ३ गते, २०८१ - ०९:५०
काठमाडाैं । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । ...
फाल्गुन ३ गते, २०८१ - ०९:१९
महाधिवेशन दुईदिन लम्बिँदा नेतृत्व चयन नभएपछि पार्टीको हस्तक्षेप
फाल्गुन ३ गते, २०८१ - ०९:१२
काठमाठौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर...
फाल्गुन ३ गते, २०८१ - ०९:१०
काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बै...
फाल्गुन ३ गते, २०८१ - ०९:०८
म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँ...
फाल्गुन ३ गते, २०८१ - ०८:५९
काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...
फाल्गुन ३ गते, २०८१ - ०८:५९
काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...
फाल्गुन ३ गते, २०८१ - ०८:०८
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाह...
फाल्गुन ३ गते, २०८१ - ०७:५८
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ...
प्रतिकृया लेख्नुहोस्: