काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।
सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन् । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन् । गाेरखापत्र देनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: