काठमाडौं । ‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा आगलागी नियन्त्रणमा खेलेको भूमिकाले प्रस्ट पारेको छ ।
ठुलो पहाड र चट्टानेभिरसँगै अत्यधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि सानो पोखरीको सहयोगले नियन्त्रणमा आएको छ ।
कम्तीमा २० किलोमिटर जङ्गलमा क्षतिपछि सो डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । आगो नियन्त्रणमा सबै सुरक्षा निकाय, स्थानीय बासिन्दा, सरकारी निकायको समन्वय भएको थियो ।
अमेरिकाको लस एन्जलसमा आगलागीबाट विध्वंस भइरहेकै बेला काभ्रेपलाञ्चोकको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठुलो चुनौती देखिएको थियो । एक सातासम्म नियन्त्रणमा आउन नसकेको सो डढेलो नियन्त्रणमा नयाँ प्रविधिको प्रयोगले सम्भव भएको जस्तो देखिए पनि त्यसमा गाउँपालिका वडा नं. २ मा खनिएको पोखरीले सबैभन्दा ठुलो काम गरेको स्थानीय बद्रीप्रसाद तिमल्सिनाले बताए ।
आगो निभाउन गरिएका सबै प्रयासले भन्दा नजिकै पानीको स्रोत हुनुले राम्रो काम गरेको उहाँको अनुभव छ । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी खन्याएपछि आगो नियन्त्रणमा सहज बनेको उनले बताए । त्यहाँ नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको खोपासीको पोखरी मात्रै थियो ।
बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निकै ठुलो काम गरेको अध्यक्ष अधिकारीले बताए । उनले यो डढेलोले आफूलाई ठुलो पाठ पढाएको र कम्तीमा एउटा वडामा तीन वटा पोखरी आवश्यक देखिएको बताए । उनले यो घटनाले पुर्खाहरूले पोखरी बनाउनुको महत्व बुझेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: