जनकपुरधाम । क्याम्पस पढ्न घरबाट बसमा जनकपुरधाम हिँडेका छात्र १९ वर्षीय राजन यादव दुई दिनदेखि सम्पर्क विहीन भएका छन् ।
धनुषाको नगराइन नगरपालिका २ का यादव जनकपुरधामस्थित राषर्जी जनक क्याम्पसको कक्षा ११ मा अध्ययनरत छन् । बिहीबार बिहान करिब साढे ५ बजे घरबाट उनी क्याम्पसका लागि निस्केका थिए । तर साँझसम्म नफर्केपछि उनका आफन्तहरुले खोजतलास गर्दा पनि फेला परेका छैनन् ।
घरबाट क्याम्पसकै बसमा निस्केको र साँझ घर नफर्केपछि खोजबिन गर्दा पनि अहिलेसम्म नभेटेको छात्र यादवका भिनाजु अनिल कुमार यादवले बताए । उनले भने, ‘क्याम्पसकै बस चढेर गए । तर क्याम्पस समेत नपुगेको जानकारी पाएको छु ।’
बसबाट क्याम्पस अगाडी ओर्लिएको कुरा उनका साथीहरूबाट थाहा पाएको अनिलले सुनाए । उनले फोनमा भने, ‘बसबाट ओर्लिएपछि साथीहरूलाई अंकललाई भेटेर आउँछु भनेर निस्केको कुरा जानकारीमा आएको छ । जनकपुरमा नगराइनकै अंकल पर्ने एक जना छन् । तर उनी कहाँ पनि गएका छैनन् ।’
क्याम्पस क्षेत्र, साथीभाइ र आफन्तहरूसहित धेरै ठाउँमा खोजिसक्दा पनि नभेटेपछि छात्र यादवको परिवार चिन्तामा डुबेका छन् । कतै नभेटेपछि जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराएको उनका भिनाजु यादवले बताए ।
धनुषाका प्रहरी प्रवक्ता वरुण बहादुर सिंहले छात्र यादव सम्पर्कविहीन भएको कुरा थाहा नभएको जानकारी दिए । उनले भने, ‘हामीलाई थाहा भएन । उनको परिवारले जानकारी गराएको छैन । हामी कहाँ तुरुन्त पठाइदिनुस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १२:४७
अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन ...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:०२
काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...
चैत्र ४ गते, २०८१ - ११:२४
काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गएराति माले निकट अनेरास्ववियुले तालाबन्द...
चैत्र ४ गते, २०८१ - ११:२४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाब...
चैत्र ४ गते, २०८१ - १०:५७
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...
चैत्र ४ गते, २०८१ - १०:५३
काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने उद्योग बन्द भएक...
चैत्र ४ गते, २०८१ - १०:५१
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । ...
प्रतिकृया लेख्नुहोस्: