काठमाडौं । बिहीबार मध्यरात ठमेलमा दुई प्रहरी निर्घात कुटिए । उनीहरुलाई मदिरा सेवन गरेका विद्यार्थी नेताहरूले कुटेको प्रहरीले बताएको छ ।
प्रहरी वृत्त दरबारमार्ग अन्तर्गतको केशरमहल बिटबाट खटिएको क्युआर (क्विक रेस्पोन्स टीम) टोलीका प्रहरीहरुमाथि आक्रमण भएको हो ।
घाइते प्रहरीहरुको वीर अस्पतालस्थित ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । आक्रमणकारीहरु शुक्रबार दिनभर बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु बेपत्ता रहेको भए पनि उमाले नेतहरुको सा्रक्षणमा काठमाडौंमै रहेको प्रहरी स्र्रोतले बताएकाोे छ । उनीहरुले आफ्नो पार्टी सरकारमा रहेको दम्भ देखाउँदै प्रहरीमाथि आक्रमण गरको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियू सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको समूह छायाँ सेन्टर अगाडि मध्यरात होहल्ला गर्दै पुगेका थिए । त्यहाँ ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई सम्झाउन खोज्दा उल्टै कुटाइ खाएको प्रहरीले बताएको छ ।
प्रत्यक्षदर्शीका अनुसार नेता जोशीले ‘हामीलाई अर्ती दिने तिमीहरू को हौ ?’ भन्दै शुरूमा प्रहरी हवल्दार जगुलाल घर्तीमाथि आक्रमण गरेका थिए । सँगै रहेका जवान नगेन्द्रराज विष्टले प्रतिवाद गर्न खोज्दा उक्त समूहका अन्य व्यक्तिले उनीमाथि हातपात गर्न थाले । उनीहरुले प्रहरीलाई आफुहरुले चाहेको खण्डमा जागिर चट पारीदिने भन्दै धम्की दिएको समेत प्रत्यक्षदर्शी बताउँछन् । औंलाले विष्टको आँखा घोचेका कारण अहिलेसम्म उनको आँखा राम्रोसँग नखुलेको बताइएको छ ।
विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
‘प्रहरीले सम्झाउने बाहेक अरु केही गरेका थिएनन्, तर विद्यार्थी नेताहरूले सम्झाएकै कारण प्रहरीमाथि अन्धाधुन्ध हातपात गर्नुभएको थियो’, बोहराले भने, ‘उहाँहरूले न्यूनतम मानवीय मर्यादा पनि ख्याल नगरी हातपात गर्नुभएको बुझिन्छ, अन्य कुराको अनुसन्धान हुँदैछ ।’
घाइते प्रहरीद्वयको जाहेरीले उनीहरूमाथि मुद्दा चलाइने भएको छ । घटनालगत्तै फरार रहेका जोशी, सिग्देलसहितका विद्यार्थी नेताहरू प्रहरीको खोजीमा छन् । उनीहरुको खोजीमा खटिएको प्रहरीले लुकेको स्थान पहिचान गरिसकेको र छिट्टै पक्राउ गरिने बोहराले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: