रसुवा । हिमपात हुने मौसममा पिन हिमपात नभएपछि रसुवाका स्थानीय चिन्तित भएका छन् । वर्षा र हिमपात नभएपछिा बालीनाली सुक्दै जाँदा यहाँका स्थानीय चिन्तित भएका हुन् ।
यतिबेला यहाँका डाँडापाखाहरू हिउँले सेताम्मे देखिन्थ्यो। बारी, पाखा, पखेरा, रुखहरू हिउँले ढाकेका हुन्थे । हिउँ परेपछि जमिन रसिलो हुने र मल भिज्ने भएकाले बालीनाली फस्टाउने गर्थ्यो। खेती तथा बस्ती रहेको हिमाली क्षेत्रमा हिउँ नपरेकोले अहिले किसान चिन्तित भएका छन्।
आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका पेम्पा लामाले भने ‘पुस माघमा हिउँ पर्नुपर्ने हो। यो वर्ष माघ सकिन लाग्दा नि न पानी न हिउँ पर्यो, बर्सेनि हिउँ पर्ने हाम्रो गाउँमा त के कुरा अब हिमालमा हिउँ देख्नै मुस्किल होला जस्तो छ।’
गत्लाङ गाउँभन्दा माथि माङचेतदेखि गतलाङ गाउँ पुरै हिउँले छोपेको सम्झँदै स्थानीय फुर्पुसिङ्गी तामाङ भन्छन् ‘पहिले दिनभर हिउँ खेलिन्थ्यो। हप्ता दिनसम्म घरबाट निस्कन नसकेको सम्झना छ। अहिले हिउँ देख्नै पाइन्न जस्तो भो।’
हिमपातपछि प्रकृति पनि रमाएको भान हुने स्थानीय निमा दोर्जे लामा बताउँछन्। अहिले रसुवाको उत्तरी क्षेत्र उराठ लाग्दो देखिन थालेको छ। तामाङ भन्छन् ‘पहिले त पुसमा पुरै डाँडाकाँडा हिउँले टल्कन्थ्यो सेतो गाउँबाट देखिने हिमालमै हिउँ छैन। लाङटाङ र पाल्दोरपिकमा कालो दाग देखिन थाल्यो।’
गोसाइँकुण्ड गाउँपालिका–१ थुमन गाउँका न्हिमा टासी तामाङ भन्छन् ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि फापर, गहुँ, करु, जौ, तरकारी खेती र पशुपालनमा पनि समस्या हुने भो।’
रसुवाको पाँचवटै गाउँपालिका हिमाली भेग जोडिएको छ। उत्तरगयाको तिरु, गोगने, करुमर्याङसम्म हिउँपर्ने क्षेत्र हो। कालिका गाउँपालिकाको राम्चे, गुराँसे, स्याउबारी, लोकिल, गोम्बोडाडासम्म हिउँ पर्ने ठाउँ हो। स्थानीयले यसलाई जलवायु परिवर्तनको असर हुनसक्ने अनुमान गरेका छन्।
यसरी हिउँदमा हिउँ नपरेपछि हिमाली वन्यजन्तु संकटमा पर्ने भएको छ। मुख्य गरी हिमचितुवा जस्ता वन्यजन्तु संकटमा पर्ने देखिन्छ। विश्वका १२ देशमा मात्रै हिम चितुवा पाइन्छ। जसमध्ये १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहेको छन्। लाङटाङ र क्यान्जिङ क्षेत्रमा हिमचितुवा धेरै पाइन्छ। उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे बाली प्रभावित हुने भएको छ। भदौदेखि हिउँ र पानी पर्न नसक्दा हिमाली क्षेत्रमा फापर, करु, गहुँ, जौ जस्ता हिउँदेबालीको बोट भुइँमै विलिन थालेका छन्।
चारफिटसम्म हिउँले छोप्ने ठाउँमा यो वर्ष हिमपात नभएकोले किसान दिण्डुप तामाङ चिन्नित छन्। उनी भन्छन् ‘हिउँदेबाली उब्जाउ नहुने भएकोले के खाने हो रु जडिबुटी खेतीमा पनि असर पारेको छ।’ हिउँदे वर्षाको कमीले खेती मात्र होइन ठाउँ–ठाउँका खोल्सामा पानीको मुल सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको अभाव हुन थालेको छ।
गोसाइँकुण्ड गाउँपालिका–५ को ठूलोस्याप्रु, ब्राबल क्षेत्रमा पनि हिउँ परेन। स्थानीय युवा सुब्बा तामाङले ठूलोस्याफ्रु, ब्राबल, चन्दनबारी, ढिम्सा, चोलाङपाटी र गोसाइँकुण्ड पदमार्गमा हिमपात नै भएन। पुस माघमा पहिले त साताभरी हिउँ पर्थ्यो उनले भने ‘हिउँ पर्न छालेपछि यहाँ अन्नपात, स्याउ तथा हिउँदे खेती बिग्रेको छ।’
हिउँ परेपछि नाइट्रोजनको मात्रा बढ्ने हुँदा बोट बिरुवा तथा बालीमा फाइदा पुग्ने भएकोले उत्पादन बढ्ने थियो। हिउँ परेमा गहुँ, फापर, जौ, करु लगायत विभिन्न किसिमको जडीबुटी खेतीलाई प्रत्यक्ष फाइदा पुग्छ। बोटबिरुवा तथा जडिबुटीलाई समेत हिमपातले उर्वरा शक्ति दिने र बाली र बोट बिरुवालाई फाइदा हुने गत्लाङका चितोङ लामाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: