Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्।

अहिलाई प्रहरीले बुधबार बेलुका रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ खजहनाबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृत प्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार कोठा भाडामा लिएर कल बाइपास सञ्चालन गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

बन्जाडेका अनुसार अहिरले विभिन्न उपकरण जडान गरी नेपाल टेलिकम र एनसेलको सिमकार्डमार्फत बल बाइपास गरेको देखिएको छ।

यसक्रममा प्रहरीले स्पोइलर कम्पनी हब ९ थान, सिपियु ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेन्ना २ थान, नेपाल टेलिकमको १९० थान सिम, एनसेल सिमकार्ड २७० थान बरामद गरेको छ।

यस्तै,  एलसिडी मनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, वर्डलिंक राउटर, स्वीच, नेटवर्क भिडिओ रेकर्डर, हब केबल्सलगायत सामान बरामद भएको प्रहरी निरीक्षक बन्जाडेले बताए।

अहिरलाई शुक्रबार कल बाइपास कसुरमा रुपन्देही अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कल बाइपास दुई किसिमका हुन्छन्, भिओआइपी र जिओआइपी। जिएसएम ओभर इन्टरनेट प्रोटोकल (जिओआइपी) र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) दुई किसिमबाट कल बाइपास हुने गरेको छ।

कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ। 

कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ।

अहिरले कुन किसिमको कल बाइपास गरेका हुन् प्रहरीले यकिन गर्न सकेन। ‘हामीले नेपाल टेलिकम र एनसेल दुबैका विज्ञ प्राविधिकसँग परामर्श गरिरहेका छौं,’ बन्जाडेले भने, ‘कल बाइपासबाट के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending