Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

अध्यादेशमा उपेन्द्र अझै अनिर्णीत

खबरडबली संवाददाता

काठमाडौं । सरकारबाट संसद्मा टेबुल गरिएका ६ वटा अध्यादेश स्वीकृत वा अस्वीकृत गराउन निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशको विषयमा बिहीबारसम्म कुनै निर्णय गरेनन्।

सरकारले अध्यादेश स्वीकृतिका लागि बिहीबारको संसद् बैठकको कार्यसूचीमा राखेकै दिन जसपा नेपालको संसदीय दलको बैठक बसेको र अध्यादेशको विषयमा छलफल गरेको पार्टी प्रवक्ता मनीष सुमनले बताए।

सुमनको भनाइअनुसार अध्यादेशको विषयमा पार्टीले आइतबारसम्म कुनै निर्णय गर्नेछैन। किनकि संसद्को अर्को बैठक आइतबारका लागि बोलाइएको छ। अध्यादेशको विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। दुवै जनासँगको छलफलपछि पनि पार्टी टुंगोमा नपुगेको प्रवक्ता सुमनले बताए। उनका अनुसार दुवै नेतासँगको छलफलमा ओली र देउवाले अध्यादेश पास गर्न सहयोग गर्न यादवलाई आग्रह गरेका थिए।

यादवले अध्यादेशको विषयमा अध्ययन गर्न पार्टीले गठन गरेको कार्यादलले बुझाएको प्रतिवेदनसमेत अध्ययन गरी जवाफ दिने बताएका थिए। ‘प्रधानमन्त्री ओली र सभापति देउवाज्यूले अध्यादेश पास गर्न सहयोग गर्नुहोस् मात्र भन्नुभयो, अन्य विषयमा कुनै कुरा गर्नुभएन।

जवाफमा हाम्रा अध्यक्षज्यूले अध्यादेशको विषयमा अध्ययन गरेर बताउने भन्नुभयो,’ सुमनले भने, ‘अध्यादेश पारितका लागि सहयोग गर्ने या असफल बनाउन भूमिका निभाउने भन्ने विषयमा हामी अझै निर्णयमा पुगिसकेका छैनौं।’

पार्टीका एक नेताका अनुसार कांग्रेस र एमालेले मधेस प्रदेश सरकारको नेतृत्व गर्न जसपा नेपाललाई दिए मात्र अध्यादेश पारित गराउन सहयोग दिइनेछ। उक्त माग पूरा नभए जसपा नेपाल अध्यादेशको विरोधमा उभिन सक्छ।

अहिले मधेस प्रदेश सरकरको नेतृत्व जनमत पार्टीले लिएको छ र मधेस प्रदेशमा जसपा नेपाल सरकारबाहिर छ। जसपा नेपाल जसरी पनि मधेस प्रदेशबाट जनमत पार्टीलाई अलग गराउन चाहन्छ। किनभने पछिल्लो समय जसपा नेपाल र जनमत पार्टीबीच राम्रो सम्बन्ध छैन। दुवै पार्टीले मधेस प्रदेशमा आफू पहिलो नम्बरको पार्टी भएको दाबी गर्दै आएका छन्।

यादव र जनमतका अध्यक्ष सिके राउत दुवैले आफूलाई तराई–मधेसको पहिलो नेता ठान्ने गर्छन्। यद्यपि यादवसित ओली र देउवासँग भएको भेटमा मधेस प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कुराकानी नभएको सुमनले दाबी गरे। मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले गर्ने मौका पायो भने सुमन मुख्यमन्त्री बन्ने सम्भावना छ। जसपाका अर्का एक नेताले भने, ‘यतिबेला हामीलाई संघीय सरकारमा एउटा मन्त्रालय लिनुभन्दा पनि मधेस प्रदेश सरकारको नेतृत्व लिनु महत्त्वपूर्ण हुनेछ।’

मंगलबार जसपाका कार्यकारिणी समितिको बैठक बसीरहेका बेला पार्टी अध्यक्ष यादवलाई प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलीफोन गरेका थिए। दुवैले आफ्नो लाइनमा सहयोग गर्न यादवलाई आग्रह गरेका थिए। राष्ट्रिय सभाको अहिलेको संरचनाअनुसार जसपाको सहयोगबिना राष्ट्रिय सभामा अध्यादेश पास हुने अवस्था छैन। त्यसैले यतिबेला यादवको बार्गेनिङ पावर ह्वात्तै बढेको जसपाकै एक नेताले बताए।

ती नेता भन्छन्, ‘पार्टी फुट्दा हामीलाई जसरी माइनस गर्न खोजिएको थियो, अहिले हाम्रो हैसियत सत्ता पक्षीय र प्रतिपक्षीय दुवैले बुझेको देखियो।’

प्रवक्ता सुमनका अनुसार अध्यादेशको विषयमा अध्ययन गर्न पार्टी अध्यक्ष यादवले पार्टीका नेता राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको कार्यदलले बिहीबार नै पार्टी अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। सम्बन्धित क्षेत्रका विज्ञहरूको समेत सरसल्लाह लिएर प्रतिवेदन तयार गरिएको सुमनले बताएको समाचार भुवन शर्माले नागरिक दैनिकमा लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending