काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको छ ।
यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ ।
आफूहरुले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ता बस्ने गरी माग गरेको तर वार्तामा कर्मचारीको नेतृत्वमा उपस्थित भएकाले आफूहरूले छलफल नै अगाडि नबढाएको मेहेताले बताए । ‘उहाँहरुले केबलकार जसरी पनि बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावतिर जानुभयो’, उनले भने, ‘त्यसमा हामी छलफल नै गर्न चाहँदैनौं ।’
तर आन्दोलनकारीको तर्फबाट त्यहाँ केबलकार नै बनाउन नहुने भन्दै यसबाहेकका विषयमा छलफल हुन नसक्ने भनेर हिँडेका थिए । यससँगै अहिलेको सरकारी समिति भङ्ग भएको भन्दै मेहताले अब उच्च स्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलन हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...
बैशाख ७ गते, २०८३ - १४:१५
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादि...


प्रतिकृया लेख्नुहोस्: