बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?
कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेको हुन्छन् । त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन् । तरपनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।
छोराछोरीहरु जो किशोरअवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो रु शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्तै त्यो स्तन बढ्दै जान थाल्यो होला । यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।
अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।
बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्नेर उहाँहरु बीच पनि कुराकानी हुनपाउँछ ।
कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: