Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

यौन क्षमता कसरी बढाउने ? याी १४ तरिका अपनाउनुस

खबरडबली संवाददाता

नाइट डेटिङमा जानुस्ः सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ। यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस्। सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस्।

घरको काम बाँड्नुस्ः राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस्। यसो गर्दा आत्मीयता बढ्छ। रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ।

ढोका बन्द गर्नुस्ः सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुुस्। कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन्। ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन्। जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ।

सेक्सलाई रुटिनमा राख्नुस्ः दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस्। यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ।

लुब्रिकेन्ट जगडा राख्नुस्ः प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन्। उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस्।

तनावरहित हुनुहोस्ः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस्। जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न। तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन।

चिल्लो कम खानुहोस्ः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ। जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन। त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस्।

यौनवद्र्धक खाना खानुस्ः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।

सम्बन्धको निरीक्षण गर्नुस्ः बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ। एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन्।

व्यायाम गर्नुस्ः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ। हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ।

स्वास्थ्यबारे सचेत रहनुस्ः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस्। किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ। यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ। रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ।

गर्भनिरोधक औषधि बदलिरहनुस्ः दम्पतिले गर्भनिरोधक साधन तथा औषधि लिएको हुनसक्छ। शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ। लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ। जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ। त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ।

अन्य औषधि परिवर्तनः गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ। एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ।

चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ। सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending